सबै पुरस्कार मेरा होइनन्ः रोनाल्डो

0

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले मैत्रीपुर्ण खेलमा लिथुनीया बिरुद्ध ५—१ को जित निकालेपछि आफुले बालोन डि ओर जित्ने सम्भावनाबारे बताएका छन् । उक्त खेलमा रोनाल्डोले पोर्चुगलका लागि ब्यक्तिगत ४ गोल गरेका थिए ।

रोनाल्डो फिफाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए । उनले सबै उपाधि आफुले नै जित्छु भनेर दाबि नगर्ने बताएका छन् ।

‘ मैले सधंै भन्दै आएको छु, म प्रत्येक उपाधि जित्नको लागि फुटबल खेलीरहेको छैन ’ रोनाल्डोले भने ।

‘ सबै पुरस्कारहरुको दाबि गर्न सकिन्न । पुरस्कारको विजेता को हुने भन्ने कुरा अन्त्यमा सबैले थाहा पाउनेछन् ’ उनले भने ।
साथै रोनाल्डोले आफु कहिलेसम्म खेल्ने भन्नेबारे पनि बताएका थिए ।

‘ म अहिलेसम्म ठिक रहेको महसुस गर्छु । मेरो राष्ट्रिय टिमको साथमा खेल्न पाउँदा गर्वको महसुस भइरहेको छ ’

‘ म मैले गोल गरे भनेर मात्र खुसी छैन । मेरो राष्ट्रिय टिमको केही समय देखिको प्रगति देखेर म एकदमै खुसी छु ’ उनले भने ।

Post Add 1025X115
Loading...