मैत्रीपूर्ण फुटबलमा ब्राजिल पराजित

0

मैत्रीपूर्ण फुटबलमा ब्राजिल पेरुसँग १–० गोल अन्तरले पराजित भएको छ ।

आज भएको खेलमा अन्तिमसमयमा सम्हालिन नसक्दा ब्राजिल पराजित हुन पुगेको हो । पहिलो हाफ गोरहित बराबरी खेलेकोमा ८५ औं मिनेटमा ब्राजिलले गोल खान पुग्यो ।

पेरुका लागि लुईस अब्राहमले गोल गर्दै ब्राजिलविरुद्ध जित दिलाउन महत्वपूर्ण योगदान गरे । आजको खेलमा नेयमार दोस्रो हाफमा मात्रै मैदान प्रवेश गरेका थिए ।

रोबर्टो फिरमिनोलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका नेयमारको उपस्थिीतिले पनि पेरुलाई रोक्न भने असफल रह्यो ।

Post Add 1025X115
Loading...