मेस्सी र स्वारेजसंग खेल्ने ग्रिजम्यानको सपना थियो – डिएगो कोस्टा

0

एट्लेटिको मड्रिडका खेलाडी डिएगो कोस्टाले बार्सिलोनाको लागि ग्रिजम्यानले एट्लेटिको मड्रिड छाड्ने निर्णय लिनुको कारण खुलाएका छन् ।

कोस्टाले ग्रिजम्यानको मेस्सी र स्वारेजसंग रहेर खेल्ने इच्छा रहेकाले उनी बार्सिलोना गएको बताएका छन् ।
ग्रिजम्यान १२० मिलियन पाउन्डमा केही समयअघि एट्लेटिको मड्रिडबाट बार्सिलोनामा अनुबन्धित भएका थिए ।

ग्रिजम्यानले शान्त र बिबाद रहित वातवरणमा रहेर खेल्न चाहेको कुरा कोस्टाले बताएका छन् ।

‘बार्सिलोनाका स्टार लियोनल मेस्सी र लुइस स्वारेजसंग रहेर खेल्नु ग्रिजम्यानको सपना थियो’ कोस्टाले भने ।

‘ एक फुटबलरले प्राय आफ्नो परिक्षा आफैले लिनुपर्ने हुन्छ । उनी अहिले बार्सिलोनामा रहेर खेलीरहेका छन् र सायद उनी त्यहाँको महत्वपुर्ण खेलाडी पनि हुन् ’ उनले भने ।

Post Add 1025X115
Loading...