एसिया कप खेलेर यू–१९ क्रिकेट टिम स्वदेश फिर्ता

0

काठमाडौंं, २५ भदौ । यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनुनै आफूहरुका लागि दुर्भाग्य बनेको बताए । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

नेपाल घरेलु टोली श्रीलंकासँग ५ तथा बंगलदेशसँग ६विकेटले पराजित भएपछि समूहचरणबाटै बाहिरिएको थियो । नेपालले अन्तिम खेलमा भने युएईमाथि १६० रनको फराकिलो जित निकालेको थियो ।

Post Add 1025X115
Loading...