राष्ट्रिय फुटबल टिमलाई पारस र शरदको बधाई

0

फिफा विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज भएको चाइनिज ताइपेईविरुद्धको खेलमा जित हात पारेको नेपाली टिमलाई पारस खड्काले बधाई दिएका छन् ।

ऐतिहासिक जित हात पारेको राष्ट्रिय फुटबल टिमको फोटो ट्वीटरमा पोस्ट गर्दै राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ‘२०२२ को विश्वकप छनोट प्रतियोगिता अन्तर्गत चाइनिज ताइपेईमाथि २–० को जित हात पारेकोमा बधाई’ भनेका छन् ।

यस्तै शरद भेषवकरले आजको दिनलाई खुसीको दिन भनेका छन् । उनले महिला र पुरुष फुटबल टिमले म्याच जितेको र यू–१९ क्रिकेट टिमले पनि अन्तिम खेलमा जित हात पारेका कारण नेपाली खेलकुदका लागि खुसीको दिन भनेका छन् ।

Post Add 1025X115
Loading...