नेपालले साेचेकाे भन्दा राम्राे खेल्दा नतिजा राम्राे भएकाे हाे – कालीन

0

अन्तराष्ट्रिय फुटबलमा एक बर्षपछि जित निकालेको नेपाली फुटबल टिमका प्रशिक्षक योहान कालिनले टिमले उत्कृष्ट खेल खेलेको बताए । उनले विशेष गरि अन्जन विष्टको चर्चा गरे ।

हामी तीन अंकका लागि मैदानमा उत्रिएका थियौ, जसको सुरुवातमा नै गोल भएपछि नेपाली टिममा आत्मविश्वास बढेको उनले बताए । साथै उनले ताइपेइ टिमले निकै राम्रो खेलेपनि गोल गर्न नसक्दा पराजित भएको उनको भनाई थियो ।

ताइपइले जुन किसिमको दबाव नेपाललाई दिएको थियो, त्यो हेर्दा धेरै गोल हुनुपर्ने हो, तर नेपाली खेलाडीले आज डिफेन्समा धेरै ध्यान दिएको र गोलकिपर किरण चेम्जोङको प्रदर्शन अतुलनिय रहेको उनको भनाई थियो ।

विश्वकप छनोटमा तीन अंक बटुलेको नेपाली टिमले अब अष्ट्रेलियासँग खेल्नेछ । पहिलो खेलमा नेपालले कुवेतसँग सात शुन्यको हार ब्यहोरेपछि निकै आलोचना भएको थियो । तर ताईपई विरुद्धको खेलले नेपालको आत्मविश्वास बढेको छ । ताईपेईले भने नेपालको पोष्टमा एक दर्जन प्रहार गरेपनि सफल हुन सकेन ।

Post Add 1025X115
Loading...