राेहित चन्द ‘दी स्टार’ खेलाडी हुनु पछाडीकाे मेहेनत र परिश्रम

ताइवान विरूद्वकाे खेलपछि साेझै इन्डाेनेसिया गएर अर्काे दिन लिग खेल्नेछन ।

0

कुनै पनि खेलाडीका लागि सबै भन्दा ठुलो कुरा हो अनुशासन, नेपालमा कतिपय खेलाडीहरु अनुशासन पालना नगर्दा आफ्नो करियर नै धरापमा पारेका धेरै उदाहरण छन । त्यसमा पनि फुटबलमा कुनैपनि खेलाडी अनुशासनमा बस्न सकेनन् भने उनीहरुको खेल नै विग्रिने गर्छ, यो कुरा तपाईहरुलाई भनिरहन नपर्ला । हाल राष्ट्रिय टिममा रहेका खेलाडीमा प्रायः सबै खेलाडी अनुशासनको दायरमा बस्नै पर्ने बाध्यता छ । कारण राष्ट्रिय टिममा बढ्दो प्रतिस्पर्धा । त्यसमा पनि विदेशी क्लवहरुबाट खेल्ने खेलाडी भएमा त झन यसको महत्व अझ बढि हुन्छ ।

यसको ज्ञान भएका र निकै अनुशासीत खेलाडी मानिनेमा हुन रोहित चन्द । इन्डोनेसियामा ब्यवसायीक लिग खेल्दै आएका रोहित क्लवबाट खेल्दा होस या राष्ट्रिय टिमबाट, उनको खेल्ने शैली र उनको ब्यवहारले अरु खेलाडीलाई पनि केहि हदसम्म प्रभावित गर्छ ।

क्लव फुटबलबाट खेल्दै आएका भएपनि उनी राष्ट्रिय टिमको डिउटी निभाउन जहिलेपनि उपलब्ध हुन्छन । पछिल्लो पटक उनी फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि टिममा छन र उनको प्रदर्शनपनि राम्रो नै छ । तर उनी राष्ट्रिय टिम र ब्यवसायीक जीवन कसरी मिलाई रहेका छन त्यो भने सुन्दापनि निकै रोचक छ । यसपटक नेपाल आउँदा रोहित रातिको खेल खेलेर सोझै विमानस्थल पुगेर नेपाल आएका थिए । राति निन्द्रा नै नपुगी नेपाल उठेका उनले नेपाल पुगेको दिन नै प्रशिक्षणमा उत्रिएका थिए ।

यतिमात्र होइन, उनी मंगलबार हुने चाइनीज ताइवान विरुद्धको खेलपछि नै फेरी लिगका इन्डोनेसिया उड्नेछन । उनी नेपाल नफर्कि सोझै उतैबाट इन्डोनेसीया जानेछन । राम्रोसँग आराम गर्न नपाई रोहित इन्डोनेसिया पुगेको दिन नै पर्सिपुरा क्लव विरुद्ध खेल्नुपर्नेछ ।

 

कुनैपनि खेलाडी यदि फिट भएन भने यस्तो हेक्टिक तालिकाले खेलाडीको श्वास्थ्यमा असर गर्नसक्छ । तर रोहितका लागि भने यो बानी जस्तै भइसक्यो । इन्डोनेसियामा लिग खेल्दापनि उनले बारम्बार सयौ माइलको यात्रा गरेर फुटबल खेलेर त्यहि राती नै फर्किनु पर्ने हुन्छ । इन्डोनसियामा पनि उनको मेहेनत र क्षमताको तारिफ गर्नेको कमि छैन ।

रोहितले राष्ट्रिय टिमबाट खेल्दा निकै पटक टिमसँग स्वदेश नफर्की सोझै लिग खेल्न गएका धेरै उदाहरण छन । यसअघि कुवेत विरुद्धको मैत्रीपुर्ण खेलका बेला पनि टिम नेपाल उडेका बेला उनी कुवेतबाट नै लामो दुरी तय गरेर इन्डोनेसिया उडेको थिए । जहाँ उनले अर्को दिन लिग खेल खेलेका थिए ।

यस्तै हेक्टिक यात्रा गर्दा कहिले काहि वाक्क लाग्दैन भन्ने प्रश्नमा रोहित जवाफ, पहिले पहिले निकै कठिन हुन्थ्यो, अहिले भने बानी परिसकेको छ । तर अहिलेपनि केहिले काहि आनन्दले आराम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

लामो दुरीको यात्रा निरन्तर गर्दा ज्यान निकै थाक्ने भएकाले मज्जाले सुत्नपाए हुन्थ्यो भन्ने लाग्छ, रोहितले बताए । नेपालमा छोटो समयमा मात्र लिग खेलेका रोहित पछिल्लो ६ बर्षदेखि निरन्तर इन्डोनेसियामा नै खेलिरहेका छन । उनले भारतमा पनि ब्यवसायिक लिग खेलेका थिए । रोहित जति मेहेनत गर्छ, त्यहि अनुसार ज्यानलाई ब्यालेन्समा राख्न चाहिने पौष्टिक चिजपनि खानेगर्छन ।

त्यसैले त रोहित चन्दको नाम नेपालमा मात्र होइन विदेशमा पनि एउटा स्टार खेलाडी भनेर परिचित छैन ।

Post Add 1025X115
Loading...