एसियाली साम्बो प्रतियोगिताका लागि नेपाली टाेली भारत प्रस्थान

0

भारतको नयाँ दिल्लीमा आयोजना हुने एसियाली साम्बो प्रतियोगितामा भाग लिनका लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको छ ।

मंगलबारदेखि शुरु हुने प्रतियोगितामा १७ जना नेपाली खेलाडीले सहभागिता जनाउनेछन् । जसमा पुरुष तर्फ १२ जना पुरुष र पाँच जना महिलाले प्रतिष्पर्धा गर्नेछन् । पुरुषतर्फ ५२ केजीमा निरज भण्डारी, ५७ केजीमा प्रविण गुरुङ, ६० केजीमा आशिष तामाङ, ६५ केजीमा विकल छन्त्याल, ६८ केजीमा सुदिप लामा, कृष्णलाल तामाङ र रविन्स तामाङ, ६४ केजीमा दिनेश महर्जन, ८२ केजीमा प्रदिप पाण्डे, ९० केजीमा सुदिप आचार्य र सुदन लामा तथा एक सय केजीमा श्रीजेश श्रेष्ठ छन् ।

यस्तै महिला तर्फ ४४ केजीमा मीरा पौडेल, ५२ केजीमा भगवती माझी, ५६ केजीमा सब्बारानी महर्जन र ६० केजीमा रचना लामाले प्रतिष्पर्धा गर्नेछन् । यस्तै कब्याटतर्फ चार जना खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल साम्बो महासंघले जनाएको छ । प्रतियोगितामा ४५ देशका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

Post Add 1025X115
Loading...