नाडालले जिते चाैथाे पटक यूएस ओपनकाे उपाधि

0

यूएस ओपन टेनिसको उपाधि रफायल नाडालले जितेका छन । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका रसियन खेलाडी डेनील मेदभेदेभलाई पाँच सेटमा हराउँदै नाडालले चौथो पटक उपाधि उचाल्न सफल भए ।

दुई बर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले मेदभेदेभलाई तीन दुईको सेटमा हराए । पाँचौ बरियताका मेदभेदेभ विरुद्ध नाडालले निकै संघर्षपुर्ण रुपमा जित निकालेका हुन । सुरुवाती दुई सेट जितेपनि त्यसपछि मेदभेदेभले अरु दुई सेट जित्दै नाडाललाई कडा प्रतिस्पर्धा दिएका थिए ।

अन्तिम सेटमा भने नाडालको अगाडी २३ बर्षे मेदभेदेभ खासै चल्न सकेनन् । नाडालले पहिलो सेट सात पाँचले जितेका थिए भने दोस्रो सेटमा छ तीनको जित हात पारेका थिए । तर तेस्रो सेटमा उत्कृष्ट कमब्याक गरेका मेदभेदेभले सात पाँचले जिते । चौथो सेटमा पनि उनले छ चारको जित निकाल्दै खेल दुई दुई सेटको बराबरीमा पुर्याएका थिए ।

तर अन्तिम सेट नाडालले छ चारकाे सहज जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारे । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका मेदभेदेभले नाडालसँगको फाइनल खेल रोमाञ्चक बनेको र आफुले अन्तिम सेटमा राम्रो खेल्न नसकेको बताए । नाडालले यसअघि २०१०, २०१३ र २०१७ मा यो प्रतियोगिताको उपाधि जितेका थिए ।

 

Post Add 1025X115
Loading...