सिपीएलमा सन्दिपकाे टिम पराजित, एक ओभर मात्र बलिङ गरेकाे सन्दिपले ब्याटिङमा खाता खाेल्न सकेनन् !

0

क्यारेवियन प्रिमियर लिग सिपीएलमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम र्बाबाडोस ट्रिडेन्सले पहिलो खेलमा नै हार ब्यहोरेको छ । आज भएको खेलमा र्बाबाडोस गुयना एमेजोनसँग ४७ रनले पराजित भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको गुएनाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । उसका लागि हेमराजले ६३ रन बनाउदा निकोलस पुरनले ६१ तथा रुथरफोर्डले ३२ रन बनाए ।

यो सिजनको सिपीएलको पहिलो खेलमा बार्बाडोसको प्लेइङ सेटमा नै परेका सन्दिपले एक ओभरमा मात्र ५ रन दिएका छन । उनले निकै कसिलो बलिङ गर्दै एक ओभरमा ५ रन मा दिन सफल भए ।

 

उनले पहिलो र दोस्रो बल डट फालेका थिए भने तेस्रो बलमा हेमराजले चौका प्रहार गरेका थिए । चौथो बल डट फालेका उनले पाँचौ बलमा एक रन खर्चिए । तर ओभरको अन्यमा डट फाल्दै सिजनको दोस्रो विदेशी लिगमा राम्रो सुरुवात गरे ।

तर उनले पहिलो खेलमा मात्र एक ओभर गर्न पाए । टिमको छैटौं ओभर गरेका सन्दिप त्यसपछि बलिङमा उत्रिएनन् । फिल्डिङका क्रममा उनलाइ समस्या भएकाे थियाे । जसका कारण उनले एक ओभरमात्र बलिङ गरेका हुन । तर उनकाे समस्या कस्ताे भन्ने एकिन भएकाे छैन।

जवाफमा सन्दिपको टिम र्बाबाडोस १६ ओभर एक बलमा एक सय ३३ रनमा अलआउट भयो । बलिङपनि पुरै ओभर गर्न नपाएका सन्दिपले ब्याटिङमा दुई बल फेस गर्दा शुन्य रनमा नै आउट भए । उसका लागि एस्ले नर्सले ४० रन बनाउँदा जेपी डुमिनीले २० तथा जोनसन चाल्र्सले १९ रनको योगदान गरेपछि बाँकि खेलाडी सस्तैमा आउट भए । र्बाबाडोसलाई सस्तैमा रोक्न रोमारीया सेफर्डल चार विकेट लिए । उनले सन्दिपलाई पनि बोल्ड गरेका थिए ।

 

Post Add 1025X115
Loading...