कीर्गिस्तान विरूद्ध नेपालकाे सानदार जित, सावित्राकाे ४ गाेल

0

कीर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले कीर्गिस्तानलाई आठ दुई गाेल अन्तरकाे जित निकालेकाे छ । नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन ।

कीर्गिस्तान विरुद्ध नेपाली महिला टिमले दोस्रो मिनेटमा गोलको मौका पाएको थियो । सावित्रा भण्डारीले गरेको हेडको प्रयास पोष्टमाथिबाट बाहिरीयो ।

तर खेलको तेस्रो मिनेटमा सावित्राकै गोलमा नेपालले अग्रता बनायो । कीर्गिस्तानको डिफेन्सको कमजोरीको फाइदा उठाउँदे सावित्राले गोल गर्न सफल भइन ।

१३ औं मिनेटमा फेरी सावित्राले नै वन भर्सेस वनको मौका पाएकी थिइन तर उनलाई गोलकिपरले रोक्न सफल भइन । त्यसको एक मिनेटपछि नेपालले दोस्रो गोल गर्यो । नेपालका लागि फेरी पनि सावित्राले नै गोल गरिन । उनले गोलकिपर अगाडी बढेको मौकाको फाइदा उठाउदै राइट फ्ल्यांकबाट गोल गरिन ।

भिडियाे रिपाेर्ट

तर नेपालको सो अग्रता केहिबेर पनि टिक्न सकेन । कीर्गिस्तानले ५ मिनेट भित्रमा दुई गोल फर्काउन सफल भयो । कीर्गिस्तानले दुबै गोल नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउदै गर्यो ।

तर २५ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो । नेपालका लागि दिपा राईले उत्कृष्ट गोल गर्न सफल भइन । २९ औं मिनेटमा नेपालले चौथो गोल गर्यो । नेपालका लागि सावित्रा भण्डारीले डिबक्स भित्रबाट गोल गरिन । योसँगै उनले ब्यक्तिगत ह्याट्रिक पनि पुरा गरिन । त्यसपछि ३५ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई पाँच दुईले अगाडी राखिन ।

३६ औं मिनेटमा नेपालले कीर्गिस्तानको पोष्टमा छैटौ गोल गर्यो । नेपालका लागि कप्तान निरु थापाले गोल गरिन । पहिलो हाफमा छ दुईको अग्रता बनाएको नेपाली महिला टिमले ५४ औं मिनेटमा सातौं गोल थप्यो । नेपालका लागि सावित्राले नै फ्रिकिक मार्फत उत्कृष्ट गोल गरिन । उनको ब्यक्तिगत चौथो गोल हो ।

अन्तिममा अनिता बस्नेतले एक गाेल थपेपछि नेपालले ८ दुइकाे जित निकाल्याे ।

Post Add 1025X115
Loading...