ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खुल्ला, नयाँ मिति चाँडैं तय गरिने

0

सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खोलिदिएको छ । अब नयाँ मिती तय गर्नका लागि जीवनराम श्रेष्ठको अध्यक्षमा रहेको कार्यसमितीले एशियन ओलम्पिक काउन्सिल र अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाइ आजै पत्राचार गरेर नयाँ मिती तय गर्ने भएको छ ।

अध्यक्ष जीवनराम श्रेष्ठले आइओसी र ओसीएलाइ पत्र पठाएर उनीहरूले प्रतिनिधि कहिले पठाउछ भन्छ त्यहि अनुसार मिती तय गर्ने जीवनराम श्रेष्ठले बताए ।

यसअघि निर्वाचन स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रीटमा आइतबार दुबै पक्षसँग छलफल गरी न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

यसअघि उक्त रिटमा भदौ १९ गते भएको सुनुवाईमा सर्वोच्चले निर्वाचन स्थगित गरी दुबै पक्षलाई आइतबारका लागि छलफलमा बोलाएको थियो । सर्वोच्चको आदेशपछि भदौ २० गतेका लागि तोकिएको ओलम्पिक कमिटीको निर्वाचन स्थगित भइसकेको छ । आइतबार रीट निवेदनकर्ता र विपक्षी नेपाल ओलम्पिक कमिटी दुबै पक्षको कुरा सुनेपछि सर्वोच्चले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

सर्वोच्चको आदेशपछि स्थगित ओलम्पिक कमिटीको निर्वाचन अब नयाँ मिति तोकेर अघि बढाउन बाटो खुलेको छ । यसपटकको निर्वाचनमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा रहेका छन । कुल २७ भोटमा २६ जना पदाधिकारी निर्वाचनमा होमिएका छन ।

 

Post Add 1025X115
Loading...