नेपाल यू-१९ एसिया कपबाट बाहिर, बंगलादेशसँग ६ विकेटले पराजित

0

एसीसी यू–१९ एसिया कपमा बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपालको यात्रा समुह चरणमा नै रोकिने निश्चित भएको छ ।

कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६१ रन बनायाे । नेपालले पहिलो विकेटका रुपमा ४५ रनको साझेदारी गरेको छ । तर ओपनर रित गौतम ३२ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आसिफ शेख मात्र तीन रनमा बाहिरीदा नेपालले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तेस्रो विकेटका लागि पवन सराफ र कुशल मल्ल विच ३९ रनको साझेदारी भएको थियो । तर कुशल २८ रनमा आउट भएपछि नेपालले ९३ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि रोहित पौडेल र पवन सराफ विच ६६ रनको साझेदारी भएपछि नेपालले एक सय ५० रन पुरा गर्यो । रोहित १४ रनमा आउट भएपछि नेपालले एक सय ५९ रनमा चौथो विकेट गुमायो ।

त्यसको लगत्तै पवन पनि ब्यक्तिगत ८१ रनमा आउट भएपछि नेपालले एक सय ७३ रनमा पाँच विकेट झार्न पुग्यो । पवनले एक सय ११ बलमा ८१ रन बनाएका हुन। त्यसपछि सन्दिप जोराले पनि नेपालका लागि अर्धसतक प्रहार गरे । छैटौं विकेटका लागि सन्दिप र भिम शार्कीले ७१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर भिम ब्यक्तिगत २१ रनमा आउट भएपछि नेपालले दुई सय ४४ रनमा छैटौं विकेट गुमायो । त्यसको लगत्तै सन्दिप जोरा पनि ५६ रनमा आउट भएपछि नेपालले सातौ विकेट गुमायो । उनले ३७ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए ।

जवाफमा बंगलादेशले ४९ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ब्याटिङ राम्रो गरेपनि नेपाली बलर भने चुक्न पुगे ।
नेपाली बलरले बंगलादेशको सुरुवाती दुई विकेट लिएपनि त्यसपछि भने खासै चल्न सकेनन् । बंगलादेशको स्कोर १६ रन हुँदा रसिद खानले नेपाललाई पहिलो सफलता दिलाए ।

त्यसपछि १९ रनमा नेपालले दोस्रो विकेट लिन सफल भयो । नेपालका लागि कमलसिंह ऐरीले विकेट लिए । बंगलादेशका अनिक सरकार ५ रनमा आउट भए भने तानजिन हसनले ९ रन बनाए । तेस्रो विकेटका लागि मोहम्मद ताहिद र महदुल्लाह हसन जोयले ७९ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरेका थिए ।

तर महमुदुल हसनलाई हरी चौहानले ४० रनमा आउट गरेपछि नेपालले ९८ रनमा तेस्रो सफलता हात पार्यो । त्यसपछि बंगलादेशको स्कोर एक सय ३२ रन हुँदा नेपालले चौथो विकेट लियो । नेपाललाई कमलसिंह ऐरीले तहिदको विकेट दिलाए । उनी ६० रनमा आउट भए । तर त्यसपछि अक्बर अली र समिम हुसेनले पाँचौ विकेटका लागि १३० रनकाे साझेदारी गर्दै नेपाललाई हारको बाटो देखाए । उनीहरुले पाँचौ विकेटका लागि एक सय रनको साझेदारी गरे । जसमा अक्बरले अविजीत ९८ रन बनाए भने समिमले ४२ रन बनाए ।

बलिङमा नेपालका कमलसिंह एेरीले २ तथा रासिद खान र हरी चाैहानले एक एक विकेट लिए ।

Post Add 1025X115
Loading...