बास्केटबल : न्यु समिट र एसियन सेमिफाइनलमा

0

काठमाडौं, २१ भदौ । न्यु समिट र एसियन पब्लिक स्कुल १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

न्यु समिटले हेम्सलाई ४९–१३ ले पराजित ग¥यो । न्यु समिटको जितमा सशांक मगरले १४ अंक योगदान गरे । रोहित गुरुङको १४ अंक सहयोगमा एसियनले सेन्ट पाउललाई ३४–२२ ले हरायो ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा शंखमूलस्थित एआईएको कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै काठमाडौं जेभियर र स्पाङगेल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे ।

काठमाडौं जेभियरले एआईएलाई ४९–३५ ले पाखा लगायो । काठमाडौं जेभियरका रोहन दासले २२ स्कोर गरे । स्पाङगेलले चैतन्यको चुनौती ५०–३० ले पन्छायो । विजेताका रोहित बलामीले ३४ अंक जोडे ।

सेमिफाइनलमा स्पाङगेलको भेट न्यु समिटसंग हुने छ भने काठमाडौं जेभियरले एसियनको सामना गर्ने छ । जुनियर ब्वाइज र सिनियर गल्र्सतर्फ यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ ।

Post Add 1025X115
Loading...