प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला बक्सिङ संघले पायो नयाँ कार्यसमिति

0

भक्तपुर जिल्ला बक्सिङ संघले नयाँ कार्यसमिति पाएको छ । आज भएको निर्वाचन साधारण सभाले रामकृष्ण प्रजापतिको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा राजन कुम्पाख, सचिवमा साजन लघु र कोषाध्यक्षमा लक्ष्मीप्रसाद दुवाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा गौतम सुजखू, कृष्णसुन्दर प्रजापति, केदार तुईतुई, गणेश सांगामी, दिनेश बासुकला, राजाराम साखकर्मी र राधेश्याम दुवाल रहेका छन्।

एक उपाध्यक्ष र एक जना कोषाध्यक्ष भने मनोनित गरिनेछ ।

Post Add 1025X115
Loading...