विश्व टी-२० बरियतामा पारसकाे सुधार, गेल, धाेनी र बेन स्टाेक पछाडी

0

आइसीसी टी–२० बरियताको अलराउण्डरमा नेपाली टिमका कप्तान पारस खड्कासँगै बलिङमा सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन ।

कप्तान पारस खड्का अलराउण्डमा २७ औं स्थानमा रहेका छन । उनले पछिल्लो पटकको बरियतामा सुधार गर्न सफल भएका हुन । यद्दपी उनको यो विधामा उच्चतम बरियता भने २५ औं स्थानसम्म रहेको छ ।

अलराउण्डमा पारसले वेष्ट इन्डिजका आन्द्रे रसेल, क्रिस गेल, रासिद खान र बेन स्टोकलाई पछि पारेका छन । पछिल्लो पटक गेल रसेल, रासिद खानले टी–२० क्रिकेटमा बलिङमा खासै राम्रो गर्न नसकेकाले उनीहरु बरियतामा तल परेका हुन ।

 

यस्तै अलराउण्डमा अर्का नेपाली खेलाडी सोमपाल कामी ६७ औं स्थानमा यथावत रहेका छन ।

ब्याटिङमा पारस ६८ औं स्थानमा यथावत रहेका छन । उनले भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनी, क्रिस गेल, ब्रान्डन टेलर, निकोलस पुरन, ट्राभिस हेडलाई पछि पारेका छन । बलिङ तर्फ सोमपाल ७८ औं स्थानमा यथावत छन भने बसन्त ७२ औं स्थानमा पुगेका छन ।

Post Add 1025X115
Loading...