अजितकाे यात्रामा ‘ब्रेक’ लगाउने बेइमानी राेग

0

नेपाली एथ्लेटिक्समा एक उदयीमान खेलाडीका रुपमा देखिएका थिए, अजित यादव, कलिलो उमेरमा युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितको अजित पछिल्लो पटक दुखद मोडमा पुगेका छन । घरेलु मैदानमा हुने दक्षिण एसियाली खेलकुद सागको मिती नजिकिदै गर्दा अजितलाई भने एकाएक बज्रपाद जस्तो भयो, कारण उनको श्वास्थ्य, सागको तयारी गरिरहेका बेला अजितको श्वास्थ्यमा अचानक समस्या आएपछि अस्पतालमा जाँच गर्दा हेपाटाइटिस बी को लक्षण देखियो । यो रोगका विशेषज्ञलाई गराएको पहिलो चरणको जाँचमा उनलाई हेपाटाइटिस भएको संका गरेपनि दुई पटक उनको रगत परिक्षण गरिएको थियो । जसकाे रिपोर्ट मंगलबार आउनेछ । त्यसपछि उनलाई कुन स्टेजको हेपाटाइटिस भएको भन्ने एकिन हुनेछ ।

तर उदयीमान खेलाडी अजितले आसन्न दक्षिण एसियाली खेलकुद साग गुमाउने निश्चित छ । हेपाटाइटिस बी को रोग लागेपछि कुनैपनि ब्यक्तिलाई ठिक हुन निकै समय लाग्छ, त्यसमा पनि अजितलाई ठिक भएरमात्र पुग्दैन, उनलाई ट्रयाकमा फर्कन सोचेको जस्तो सजिलो भने हुने छैन ।

६ महिना अगाडी हङकङमा भएको जुनियर एथ्लेटिक्स च्याम्पियनसिपमा तीन हजार मिटर दौडका स्वणधारी अजित सागका लागि ५ हजार मिटरको तयारीमा थिए । तर तयारीकै क्रममा उनको पेटमा अचानक समस्या आएपछि उनी अस्पताल पुगे । नर्भिक अस्पतालमा सुधांसु जोशीसँग चेक गर्दा उनलाई हेपाटाइटिस बी भएको निश्चित भयो ।

कलेजोमा समस्या आएपछि लाग्ने रोगबाट पुर्ण रुपमा निको हुन कुनैपनि ब्यक्तिलाई तीन देखि चार महिना आराम गर्नुपर्ने हुन्छ । यो विषयमा अजितपनि जानकार भइसकेका छन ।

हाल सागको क्याम्पबाट बाहिरीसकेका अजित अहिले आराम गरिरहेका छन । तर मानसिक रुपमा भने अजितलाई केहि कठिनाई सुरु भएको छ । सायद त्यहि भएर हाेला जहिले फ्रेस देखिन अजितकाे अनुहारमा केहि निराशा थियाे ।

परिवारजनमा कुनैमा पनि नलागेको रोक आफुलाई कसरी लाग्यो भन्ने सोचेका अजितलाई अर्को चिन्ता यसको उपचारको रहेको छ । अब उनको आशा राष्ट्रिय खेलकुद परिषद्मा रहेको छ । परिषद्ले उपचार खर्चमा सहयोग गरेमा चाँडो आफु निको भएर खेलमा फर्कन सक्ने उनको अनुमान छ ।

यो रोग लागेपछि निकै स्याहार गर्नुपर्ने हुन्छ । अलिकती पनि तलमाथि भएमा यो रोगले ब्यक्तिलाई लामो समयसम्म दुःख मात्र होइन, ज्यान नै जोखिममा पर्नसक्ने हुन्छ । त्यसैले पनि अजित यतिबेला नकारात्मक भन्दापनि सकारात्मक सोचका साथ आराम गरिरहेका छन । उनको सोचाई छ, अहिलेको साग गुमेपनि उमेर छदै छ, आगामी सागमा आफुले देशको प्रतिनिधित्व गर्नेछु । अजितको जस्तो सकारात्मक भावना उनीसँग निकट ब्यक्तिले पनि दिनुपर्ने बेला आएको छ ।

अब मंगलबार आउने रिपोर्टले अजितको उपचारको निधो गर्नेछ । सानो उमेरमा अब्बल खेलाडी बन्छन भन्ने जुन सोचाई थियो, त्यसमा यो रोगले ब्रेक लगाइदिएको छ ।

अजितको कीर्तिमानी यात्रा

युथ एथलेटिक्समा नेपालबाट अजित एक्लो सहभागी खेलाडी हुन्। अजितबाहेक उक्त स्पर्धामा भारत, यमन र आयोजक हङकङबाट २–२ तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट १–१ खेलाडीले सहभागिता जनाएका थिए।

आठ मिनेट ३६।३४ सेकेन्डमा भारतका अमित जान्गिर दोस्रो र आठ मिनेट ३८.६० सेकेन्डमा यमनका गमिल अल हमाटी तेस्रो स्थानमा रहे।
कुनैपनि एसियाली स्तरको एथलेटिक्समा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो। समग्रमा भने दोस्रो पदक हो। ४५ वर्षअघि ९१९७३० फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए। त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो।

प्रशिक्षकका रुपमा धनीराम चौधरी अजितसंगै हङकङ गएका थिए। चौधरीकै नाममा २३ वर्षसम्म आठ सय मिटर दौडमा एक मिनेट ५०।६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो।

गत भदौमा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सोमबहादुर कुमालले एक मिनेट ५०।२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै चौधरीको कीर्तिमान भंग गरेका थिए।

Post Add 1025X115
Loading...