नाडाल पाँचाै पटक यूएस ओपनकाे फाइनलमा, उपाधिका लागि डानीलसँग खेल्ने

0

बर्षको अन्तिम ग्र्राण्डस्लाम यूएस ओपन टेनिसको पुरुष तर्फको उपाधिका लागि रफायल नाडाल र डानील मदभेदेभ विच प्रतिस्पर्धा हुने भएको छ ।

सेमिफाइनलमा स्पेनीस खेलाडी नाडालले माटियो बेरेटिनोलाई सहज सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । उनका निकटत प्रतिद्धन्द्धी जोकोभिच, फेडेरर यसअघि नै पराजित भएपछि यसपटकको उपाधि दावेदार मानिएका नाडालले माटियोलाई सात छ छ चार र छ एकको सेटमा हराए ।

पाँचौ पटक यूएस ओपनको फाइनलमा स्थान बनाएका नाडालले पहिलो सेट टाइब्रेकरमा जितेपछि त्यसपछि दुई सेटमा भने सहज जित निकाले । उनले पहिलो सेट सात छ ले जितेका थिए भने दोस्रो सेट छ चार र तेस्रो सेट छ एकले आफ्नो पक्षमा पारे ।

Post Add 1025X115
Loading...