सोमपाल र करण अचानक नयाँ दिल्लीमा!

0

नेपाली क्रिकेटरद्वय सोमपाल कामी र करण केसी अचानक नयाँ दिल्ली प्रस्थान गरेका छन् । आसन्न सागको प्रशिक्षणमा रहेका उनीहरु दुवै जना आज नयाँ दिल्ली गएका हुन् । उनीहरु प्रायोजक कम्पनी रेडरकसँग प्रायोजक सम्झौताका लागि नयाँ दिल्ली गएको जनाइएको छ ।
एक वर्षका लागि भारतको मेरठमा रहेको रेड रक कम्पनीले करणसँग काठमाडौंमा गत असार २१मा सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार करणलाई क्रिकेट सामाग्री उपलव्ध गराउँदै आएको छ । त्यतिबेला काठमाडौंमा सम्झौता भए पनि कम्पनी भारतमा रहेकाले उनीहरु त्यही गएर सम्झौता गर्न लागको हुन् ।

करणलाई हरियाणाका पूर्व रणजी खेलाडी मनीष सखालकरको पहलमा रेड रकले प्रायोजन गरेको थियो । सम्झौतापछि करणको ब्याटमा ‘आरआर’ लेखिएको स्टिकर प्रयोग भएको छ । करण रेडरकको प्रायोजन पाउने नेपालको दोस्रो खेलाडी हुन् ।
नेपाली क्रिकेटरहरुलाई सहयोग गर्दै आएको रेड रकमले अर्का अलराउण्डर सोमपाल कामीलाई गत असार २८ मा प्रायोजन गरेको थियो । २ वर्षका लागि ३ देखि ५ हजार अमेरिकी डलर बराबरको क्रिकेट सामाग्री प्रदान गर्ने सम्झौता रेड रकले गरेको थियो । सोही सम्झौतामा हस्ताक्षर गर्न सोमपाल पनि करणसँगै नयाँ दिल्ली पुगेको जनाइएको छ ।

याे पनि
रेड रकको प्रायोजन पाउने तेस्रो नेपाली क्रिकेटर बने सोमपाल
सचिन र धोनीलाई सहयोग गरेको रेड रकको प्रयोजन करणलाई पनि
Post Add 1025X115
Loading...