सीसीआरसी र साइपाललाई बर्नहार्ट कप

0

सीसीआरसी र साइपाल एकेडेमीले नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।

सीसीआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने । ब्वाइजको फाइनलमा सीसीआरसीले ट्रिनिटीलाई ६७–४६ ले पराजित ग¥यो । सीसीआरसीका रोशन श्रेष्ठले १५ अंक जोडे । सुरुको क्वाटरमा १९–११ को अग्रता लिएको सीसीआरसीले अग्रतालाई अन्तिमसम्म जोगाइ राख्यो । सीसीआरसीले दोश्रोमा १९–१०, तेश्रोमा १८–१६ र चौथोमा ११–९ को प्रदर्शन ग¥यो ।

गल्र्सको उपाधि भिडन्त साइपालले जेभियर इन्टरनेसनललाई ५८–२९ ले हराउदै उपाधि रक्षा ग¥यो । साइपालकी अस्मिता थापाले १५ स्कोर गरिन् । काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा सीसीआरसीका रोशन श्रेष्ठ तथा गल्र्समा साइपालकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई बर्नहार्टका चेयरम्यान भुपेश छत्कुली, प्रिन्सिपल नवराज अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १२ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १७ तथा गल्र्समा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक किरण महर्जनले जनाएका छन् ।

Post Add 1025X115
Loading...