एआईए र एसियन क्वाटरफाइनलमा

0

एआईए र एसियन पब्लिक १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एआईएले स्वप्न वाटिकालाई ३३–२६ ले पराजित गर्यो । एआईएको जितमा कविन मगरले १३ अंक योगदान  गरे । नरेन्द्रको १२ अंक सहयोगमा एसियनले अक्सिडेन्टललाई ४७–२७ ले हरायो ।

सिनियर ब्वाइजमै न्यु समिटले केइएसलाई ६५–४४, काठमाडौं जेभियरले सेवा सदनलाई ४६–१७, हेम्सले मैतिदेवीलाई २८–१४, सेन्ट पाउले न्यु डन बस्कोलाई २७–१६, स्पाङगेलले लिटिल फ्लावरलाई ३३–१० र चैतन्यले सूर्योदयलाई १७–१३ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

न्यु समिटका सशांक मगरले ४०, काठमाडौं जेभियरका रोहन दासले २०, हेम्सका प्रवेश गुरुङले ५, सेन्ट पाउलका सिभेन थापा मगरले ११, स्पाङगेलका रोहित बलामीले ११ र चैतन्यका समिर लम्सालले ८ स्कोर गरे । सिनियर गल्र्स र जुनियर ब्वाइजको क्वाटरफाइनल समीकरण तयार भइसकेको छ ।

Post Add 1025X115
Loading...