सीसीआरसी सेमिफाइनलमा

0

सीसीआरसी नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६०–५५ ले पराजित ग¥यो । सीसीआरसीका सफल मगरले १४ अंक जोडे ।

ब्वाइजमै गोल्डेनगेट, ट्रिनिटी र न्यु जेनिथ पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए । गोल्डेनगेटले एलआरआईलाई ५४–४१ ले हरायो । गोल्डेनगेटका कौशल शर्माले २० स्कोर गरे ।

ट्रिनिटीले ज्ञान निकेतनको यात्रा ६९–६१ ले पूर्णविराम लगायो । ट्रिनिटीका किरण कँडेलले १८ अंक जोडे । मोर्गन विरुद्धको खेलमा न्यु जेनिथ ७०–६३ ले विजयी भयो । न्यु जेनिथका विशाल राईले २९ अंक जोडे ।

Post Add 1025X115
Loading...