कप्तानकाे जिम्मेवारीले प्रदर्शन दाेब्बर बनाउनु पर्ने भएकाे छ-किरण चेम्जाेङ (भिडियाे)

0

फिफा विश्वकपको दोस्रो चरणका छनोटका लागि नेपाली टिम कुवेत प्रस्थान गरेको छ । यहि साता हुने कुवेत विरुद्धको खेलका लागि नेपाली टिम किरण चेम्जोङको कप्तानीमा कुवेत उडेको हो । नेपाली फुटबल टिमको औपचारिक रुपमा कप्तानीको जिम्मेवारी पाएका किरणले यो खेल आफ्ना लागि निकै महत्वपुर्ण रहेको बताएका छन ।

उनले यसअघि उपकप्तानका रुपमा टिमको जिम्मा लिएपनि पहिलो पटक पुर्णरुपमा कप्तान भएका किरणले आफुलाई दोहोरो जिम्मेवारी आएको र यसलाई सक्दो राम्रोसँग निभाउने बताएका छन । नेप्लेजसँग कुराकानी गर्दै उनले यसपटक नेपालले खेल्ने जतिपछि प्रतियोगिताहरु छन, ती सबै निकै महत्वपुर्ण र विपक्षीपनि निकै बलिया रहेका छन ।

नेपालका नम्वर एक गोलकिपर किरणले आफ्नो जापान ट्रयाइल सोचेको भन्दा राम्रो भएको बताउँदै, आफुले सोचेको र पुगेपछि निकै फरक पाएका बताए । करिव दुई साताको बसाईका क्रममा उनले जापानमा आफुले प्रशिक्षण गरेको टिमका पदाधिकारी र खेलाडीसँग निकै चाँडो घुलमिल गरेको बताए ।

उनले सुरुवातमा केहि कठिन प्रशिक्षण गरेपनि आफुले गिभअप नदिएर निरन्तर मेहेनत गरेको र कुनै क्लवले आफुलाई राख्ने आशा गरेको बताए । भारत, माल्दिभ्सका लिग खेलिसकेका किरणलाई नेपालका पूर्व खेलाडी सन्तोष साउखलले ट्रायलका लागि बातावरण मिलाइदिएका हुन ।
नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका किरणसँगको भिडियो कुराकानी हेरौ

 

 

Post Add 1025X115
Loading...