न्यूजिल्याण्डविरुद्धको टी–२० का लागि श्रीलंका टिममा को को परे?

0

काठमाडौं, ७ भदौ । एक सेप्टेम्बरदेखि शुरुहुने न्यूजिल्याण्डविरुद्धको तीन वटा टी–२० सिरिजका लागि श्रीलंकाको टिम घोषणा गरिएको छ ।

श्रीलंकाले टी २० सिरिज लासिथ मालिंगाको कप्तानीमा खेल्ने छ । यसैगरी उपकप्तानको जिम्मेवारी निरोशन डिकवेलालाई दिइएको छ । श्रीलंकन टिमबाट थिसारा परेरा आउट हुँदा दनुष्का गुणाथिलका भने इन भएका छन् ।
कुसल परेरा दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा घाइते भएका थिए ।

यस्तै शेहान जयसूर्या, दासुन शनाका, वनिन्दू हसरंगा, कसुन रजिथा र लाहिरु मदुशनका पनि टिममा परेका छन् । यसतै सुरंगा लकमल र धनन्जय डी सिल्वा भने १५ सदस्यीय टिममा पर्न असफल भए । अहिले न्यूजिल्याण्डको टिम टेस्ट खेल्नका लागि श्रीलंका आएको छ ।
श्रीलंकन टिम ।
कप्तान लासिथ मालिंगा । निरोशन डिकवेला, अविष्का फर्नान्डो, कुसल परेरा, दनुष्का गुणथिलका, कुसल मेन्डिस, शेहान जयसूर्या, दासुन बनिन्दू हसरंगा, अकीला धनन्जय, लक्षन संदाकन, इसरु उदाना, कसुन रजिथा, लाहिरु कुमारा र लाहिरु मदुशनका ।

Post Add 1025X115
Loading...