इटहरी स्ट्याग्सलाई थ्रि बाई थ्रि इस्ट अन्तर्गत धरानको उपाधि

0

इटहरी स्ट्याग्स होराइजन ए लाई पराजित गर्दै नेपाल बास्केटबल लिग इस्ट थ्रि बाई थ्रि अन्तर्गत धरानको उपाधि जितेको छ ।

धरानको इन्डोर बास्केटबल कोर्टमा भएको एक दिने प्रतियोगिताको फाइनलमा इटहरीले होराइजन ए लाई १३–१० को झिनो अन्तरले पराजित ग¥यो । यसअघि भएका सेमिफाइनलमा इटहरीले आफ्नै बि टिमलाई १५–८ ले पराजित गरेको थियो भने होराइजन ए ले पनि आफ्नो सि टिमलाई १२–९ ले हराएको थियो ।

धरानको प्रतियोगितामा कुल १६ टिम रहेको थियो जस अन्तर्गत दुई समुहबाट शिर्ष चार टोली क्वार्टर फाइनल प्रवेश गरेका थिए । इटहरी स्ट्याग्स र होराइजन ए ले अब भदौ १० मा हुने बिर्तामोडको इस्ट फाइनल्समा पनि स्थान पक्का गरेको छ ।

शुक्रबार भएको बिराटनगरको प्रतियोगितामा इस्टर्न स्विस र बाल कल्याण बिद्या मन्दिरले शिर्ष दुई स्थान आगटेका थिए । आइतबार बिर्तामोडको प्रतियोगिता हुनेछ र त्यहाँको शिर्ष दुई टोलीले १० गतेको फाइनल्स खेल्नेछन् ।

एनबिएल इष्ट आयोजक बिपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन) ले पश्चिममा पनि एनबिएल वेष्टको नाममा अर्को प्रतियोगिता आयोजना गर्नेछ । पश्चिमका प्रमुख शहरहरु पोखरा, बुटवल र धनगढीमा एनबिएल वेष्ट हुनेछ र इस्टकै फर्मायाटमा खेलाइनेछ ।

पिडिसिएनमा पुरुषहरुको दुई संस्करणको नेपाल बास्केटबल लिग र महिलाहरुको वुमेन्स नेपाल बास्केटबल लिग सञ्चालन गरिसकेको छ । दुवै प्रतियोगिता नेपाली बास्केटबल इतिहासकै सर्वाधिक लामो र सर्वाधिक धनराशीको प्रतियोगिता रहेको छ ।

Post Add 1025X115
Loading...