आफ्नाे स्तर प्रमाणित गर्ने उत्कृष्ट माैका हाे- सन्दिप जाेरा

0

एसिया कपका लागि नेपाली यू १९ टिममा कमब्याक गरेका सन्दिप जोराले श्रीलंकामा हुने प्रतियोगिता आफुलाई फर्ममा ल्याउने अन्तिम मौका हुने बताए । सिनियर टिममा स्थान बनाइसकेका जोरा पछिल्लो प्रतियोगितामा यू १९ र सिनियर दुबै टिमबाट बाहिररहेका थिए ।

उनले आफ्नो फर्म कमजोर भएकाले टिमबाट बाहिर रहेको र यो प्रतियोगितामा आफुलाई प्रमाणित गरेर फेरी सिनियर टिममा फर्काउने ठुलो मौका रहेको बताए । यसका साथै उनले सिनियर टिमबाट खेलिसकेको खेलाडी भएकाले टिमले पनि आफुबाट ठुलो आशा गरेको र मिडिलअडरमा राम्रो गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले पछिल्लो पटक टिमबाट बाहिर हुँदा आत्मविश्वास घटेको र फेरी त्यो आत्मविश्वासलाई फर्काउने मौका रहेको बताए ।

यू-१९ टिममा कमब्याक गरेका जोरासँगको कुराकानीको भिडियो

Post Add 1025X115
Loading...