ब्याटिङमा सबैले जिम्मेवारी लिन आवश्यक छ-राेहित पाैडेल

0

यू-१९ एसिया कप खेल्न गएका नेपाली युवा टिमका कप्तान रोहित पौडेलले बर्षाले गर्दा बढी फोकस स्किल र फिटनेसमा ध्यान दियौ, ओभरअलमा प्रशिक्षण राम्रै रहेको बताए ।

श्रीलंकामा राम्रो क्रिकेट खेल्नुको विकल्प नभएको बताए । उनले सेमिफाइनल, फाइनल भन्दापनि हरेक खेलाडीले राम्रो खेल्यो भने त्यहि अनुसारको नतिजा निकाल्ने बताए । यसका साथै यसपटक टिममा आएका तीन खेलाडी राम्रो रहेको र उनीहरुसँग तीन बर्षदेखि निरन्तर खेल्दै आएको र उनीहरु टिममा हुनु भनेको टिमको प्रदर्शन पनि राम्रो हुनु रहेको उनको भनाई थियो ।

टेष्ट टिम विरुद्ध निश्चित योजना बनाउनु भन्दापनि एउटा एउटा खेलमा बढि फोकस भएर जान आवश्यक रहेको उनले बताए । श्रीलंकामा गरिने अभ्यास खेलले टिमलाई झन सहयोग गर्ने कप्तान रोहितले बताए । साथै उनले ब्याटिङमा सबैले आफ्नाे जिम्मेवारी निभाउन आवश्यक रहेकाे बताए । जसले राम्राे खेल्छ उसले नै खेलकाे अन्तिमसम्म खेल्नुपर्छ भन्ने ध्यान दिन आवश्यक रहेकाे भनाइ राखे ।

एसिया कप खेल्न गएका टिमका कप्तान रोहितसँगको कुराकानी

Post Add 1025X115
Loading...