एसिया कपमा हाम्राे स्तरभन्दा माथि उठेर खेल्नुपर्छ – विनाेद दास

0

श्रीलंकामा हुने एसीसी यू १९ एसिया कपको तयारीका लागि नेपालको तयारीमा केहि कमजोरी भएको विनोद दासले बताएका छन । उनले एसीसीले स्विकृती नदिदा केहि समस्या आएको हो, जसका कारण हामीले म्याच प्राक्टिसमा बढि जोड दिएको उनले बताए ।

टिममा अझैपनि केहि सुधार गर्नुपर्ने भएकाले श्रीलकाको शिर्ष क्लवसँगको खेलपछि योजना बनाउने बताए । टिममा अझैपनि मिडिलअडर, ओपनिङ, पार्टनरसिप सबैमा सुधार गर्नुपर्ने देखिएको छ, त्यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर श्रीलंकामा हुने अभ्यास खेलबाट ज्ञान हुने बताए ।

टिममा हामीले म्याच गर्दा जसले उत्कृष्ट खेल्यो, तिनीहरुलाई मौका दिएको उनले बताए । हामीलाई अनुभवका साथै राम्रो खेल्नसक्ने खेलाडीको आवश्यकता रहेकाले तीन जना खेलाडीलाई फेरी मौका दिएका हौ ।

यसका साथै टिमका केहि खेलाडीको यो अन्तिम यू १९ प्रतियोगिता हुने भएकाले पनि राख्न आवश्यक रहेको ठानेका छौ र उनीहरुलाई एसिया कपमा लागि समावेश गरेका हौ । यसपटकको एसिया कपमा हामीले आफ्नो स्तर भन्दा माथि उठेर खेल्नुपर्ने प्रशिक्षक दासले बताए ।

हेरौ प्रशिक्षक दाससँगको कुराकानी भिडियोमा

 

Post Add 1025X115
Loading...