एनबिएल इस्ट अन्तर्गत बिराटनगरको उपाधि इस्टर्न स्विसलाई

0

रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि इस्टर्न स्विसले नेपाल बास्केटबल लिग थ्रि बाई थ्रि इस्ट अन्तर्गत बिरानटगरको उपाधि जितेको छ ।

बाल कल्याण बिद्या मन्दिरमा शुक्रबार भएको फाइनलमा इस्टर्न स्विसले आयोजक स्कुललाई नै २१–१३ ले पराजित गर्यो । फाइनलमा इस्टर्न स्विसको जितमा गौतमले सर्वाधिक १३ अंकको योगदान गरेका थिए । गौतमले नेपाल बास्केटल लिग साउथ साइडर्स क्लबबाट पनि खेलेका थिए । नले शुक्रबार खेलिरएका चार खेलमा कुल ३९ अंकको योगदान गर्दै इस्टर्न स्विसलाई उपाधि दिलाएका थिए । ६ टिमको सहभागिता रहेको बिराटनगरको प्रतियोगितामासबै खेल शुक्रबार नै सम्पन्न भएका थिए ।

यसअघि भएको सेमिफाइनलमा इस्टर्न स्विसले बेलबारी बास्केटबल क्लबलाई २१–५ को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसमा गौतमले ११ अंक स्कोर गरेका थिए । अर्को सेमिफाइनलमा बाल कल्याणले सगरमाथा सेकेण्डरी स्कुललाई१६–६ ले पराजित गरेको थियो ।

सहभागि अन्य क्लबहरुमा बिराटनगर बास्केटबल एकेडेमी र नकि गाइज रहेका थिए । थ्रि बाई थ्रि हाफ कोर्टमा कुल १० मिनेट खेलाइन्छ तर जुन टोलीले पहिले २१ अंक पुरा गर्छ उ नै बिजेता घोषित हुन्छ । शुक्रबार इस्टर्न स्विसमात्रै २१ अंक पुरा गर्नसफल टोली थियो ।इस्टर्न स्विस र बाल कल्याण अब भाद्र १० मा बिर्तामोडमा हुने इस्टको फाइनल्सका लागि प्रतिस्पर्धा गर्नेछन् । इस्टको फाइनल्समा धरान र बिर्तामोडमा हुने प्रतियोगिताको फाइल पुग्ने टोलीहरुले सहभागिता जनाउनेछन् ।

एनबिल इस्ट अन्तर्गत नै शनिबार धरानमा प्रतियोगिता हुनेछ । धरानको प्रतियोगितामा कुल १४ टिम रहेका छन् । राउण्ड रोबिन लिगपछि दुई समुहका पहिलो दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

एनबिएल इष्ट आयोजक बिपन्न बालबालिका खेलकुद नेपाल ९पिडिसिएन० ले पश्चिममा पनि एनबिएल वेष्टको नाममा अर्को प्रतियोगिता आयोजना गर्नेछ । पश्चिमका प्रमुख शहरहरु पोखरा, बुटवल र धनगढीमा एनबिएल वेष्ट हुनेछ र इस्टकै फर्मायाटमाखेलाइनेछ ।

पिडिसिएनले पुरुषहरुको दुई संस्करणको नेपाल बास्केटबल लिग र महिलाहरुको वुमेन्स नेपाल बास्केटबल लिग सञ्चालन गरिसकेको छ । दुवै प्रतियोगिता नेपाली बास्केटबल इतिहासकै सर्वाधिक लामो र सर्वाधिक धनराशीको प्रतियोगिता रहेकोछ ।

Post Add 1025X115
Loading...