भलिबल टिमले घरेलु काेर्टमा लज्जास्पद हारका साथ बाहिरीनुका कारणहरू

0

नेपालमा पहिलो पटक आयोजना भएको एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता सुरु हुनुभन्दा अगाडी नेपाली भलिबलसँग जोडिएका पदाधिकारी होस या पूर्व खेलाडी नेपालले यसपटक कुनै न कुनै पदक जित्ने विश्वास गरिएको छ भनेर हिडिरहेका थिए ।

यसपटक टिम उत्कृष्ट बनेको छ, र प्रशिक्षक पनि निकै अनुभवी पाएकाले राम्रो नतिजाको अपेक्षा गरेको थियो । यतिमात्र होइन कप्तान इम रानामगरले यसपटक घरेलु कोर्टमा हुने प्रतियोगितामा नेपालको लक्ष्य फाइनलसम्म पुग्ने रहेको बताएका थिए । तर यथार्तमा ठिक उल्टो हुन पुग्यो । नेपाली भलिबल टिमले जुन किसिमको खेल खेल्यो, त्यो हेर्दा टिमको तयारी कस्तो भएको रहेछ भन्ने प्रष्ट भयो । त्यसमा पनि टिममा म्याच एक्पोजरको ठुलो कमि देखियो ।

घरेलु कोर्टमा दर्शकको घचडमचड भएका दुबै खेलमा नेपालले एक सेट पनि नजित्दै प्रतियोगिताबाट बाहिरीयो, त्यो पनि समुह चरण पार नै गर्न सकेन । प्रतियोगिताका लागि दुई महिना अगाडी देखिको तयारी भएपनि टिमले आफु आफुमा मात्र खेल खेलेर तयारी गरे, उनीहरुले आफु भन्दा बलिया टिमसँग गर्नुपर्ने अभ्यासमा चुक्न पुग्यो । प्रतियोगिताको अन्तिममा अफगानिस्तानसँग दुई खेल खेलेपनि त्यो नेपाली टिमका लागि पर्याप्त थिएन ।

नेपाली खेलाडीको खेल हेर्दा उनीहरु निकै सानो सानो गल्ति गरिरहेका थिए । पहिलो खेलमा कीर्गिस्तान विरुद्ध हार्दा बलियो टिमसँग राम्रो खेलेको भन्ने आश्वासन जस्तो थियो । तर माल्दिभ्स विरुद्ध भने जित्छ भन्ने आशाका साथ समर्थक पनि ओर्लिएका थिए । तर त्यसो हुन सकेन ।
आयोजकका हिसावले आफुलाई सफल पार्न खोजेको नेपाल भलिबल संघले टिम तयारीमा भने कतै चुकेको भान भयो । कारण उसले खेलाडीलाई सुरुवातमा आफ्नो हिसावले प्रशिक्षणमा राख्यो, तर जुन किसिमले अभ्यास खेलसहित तयारी गर्नुपर्ने थियो त्यो गरेन ।

खेलमा देखिएका कमजोरी

नेपाली भलिबल टिममा मुख्य कमजोरी आत्मविश्वासको देखियो । अफगानिस्तान विरुद्धको अभ्यास खेलमा दुई सेटले पछि परेको अवस्थामा पनि कमब्याक गरेर जुन सिनारीयो टिमले देखाएको थियो, त्यो प्रतियोगिताका दुबै खेलमा देखाउन सकेन । आफु अंकले अगाडी रहेपनि त्यसलाई निरन्तरता दिन सकेन भने विपक्षीले अग्रता लिएपछि खेलाडी केहि होपलेस र नर्भस भएको देखिए ।

यतिमात्र होइन, टिममा आपसीसमझदारीको पनि ठुलो ग्याप देखियो । विपक्षीको सटलाई डिफेन्स गर्दा दुई खेलाडीसँगै जुध्नेसमेत देखियो । यसका साथै टिमको डिफेन्समा पनि कमजोरी देखियो । विपक्षीको सटलाई ब्लक गर्दा जुन कम्फिडेन्स खेलाडीमा हुनुपर्ने त्यो एकदुई वटा गल्ति भएपछि फेरी लयमा फर्कन कठिन देखियो । यसका साथै नेपाली टिममा सर्भिस होस या सट रिसिभमा पनि कमजोर बन्यो ।

आत्मविश्वासमा कमी

सेटले पछि परेपनि टिमले जित्न सक्छ भन्ने जुन भावना खेलाडीमा हुन्छ, त्यो राष्ट्रिय टिमका खेलाडीमा थियो होला, तर खेलमा त्यो भने देखिएन । एउटाले गल्ति गर्दा उसलाई राम्रो गर्न प्रोत्साहन गर्नुपर्ने हो तर कुनै रेस्पोन्स नदिएको जस्तो खेलमा देखियो । अंकले पछि परेको अवस्थामा पनि खेल जित्न सकिन्छ भनेर त्यो अनुसारको रणनिती बनाउनु पर्नेमा त्यसमा पनि चुक्न पुग्यो ।

हुनत टिमले हारेपछि धेरै तिर समस्या देखिन सकिन्छ, तर नेपाली टिममा भने पाएका अवसलाई लाई क्यास गर्न चुक्यो । जसको फाइदा माल्दिभ्सले दोस्रो खेलमा लिन सफल भयो । सुरुवाती दुई सेट केहि प्रतिस्पर्धात्मक रहेपनि तेस्रो सेटमा भने नेपाल पुर्ण रुपमा ब्याक भयो । खेलाडीमा जोशको पुर्ण कमि देखिएको थियो ।

यसपटक घरेलु कोर्टमा पदक जित्ने लक्ष्य राखेको नेपालको सपना चकनाचुर भएको छ । यसका साथै उसले भलिबलको कट्टर समर्थकलाई पनि निरास पारेको छ ।

Post Add 1025X115
Loading...