साग अगाडी महिला टिमले १५ दिनकाे बैदेशिक क्याम्प राख्ने

0

लामाे समयपछि अन्तराष्ट्रिय प्रतियाेगिता तर घरेलु मैदानमा नै खेल्ने तयारीमा रहेकाे नेपाली महिला क्रिकेट टिमले दक्षिण एसियाली खेलकुद भन्दा अगाडी बैदेशिक भ्रमण गर्ने याेजना बनाएकाे छ । टिमका मुख्य प्रशिक्षक जगत टमाटाले नेप्लेजलाइ बताए अनुसार महिला टिमलाइ साग भन्दा अगाडी दक्षिण एशियाकी कुनै देशमा प्रशिक्षणका लागि लाने तयारी भइरहेकाे बताए ।

प्रशिक्षक टमाटाका अनुसार अहिले कुन देशमा लाने भन्ने छलफल भइरहेकाे र चाँडै नै यसकाे टुंगाे लाग्ने बताए । उनले साग भन्दा अगाडी टेष्ट देश पाकिस्तान, भारत, बंगलादेश मध्ये एकमा गएर प्रशिक्षण गर्ने याेजना बनाएकाे बताए । साथै उनले यसका लागि राष्ट्रिय खेलकुद परिषदले नै पहल गर्ने बताए ।

उनले यसकाे सम्पुर्ण तयारी पुरा भएपछि २ साताकाे लागि बैदेशिक प्रशिक्षणमा महिला टिमलाइ लाने याेजना भइरहेकाे बताए । जसमा उनले अहिले एकिन नभइसकेपनि चार देखि ५ खेल खेल्ने प्रारम्भिक तयारी भइरहेकाे बताए । हाल ३५ खेलाडीलाइ प्रशिक्षणमा बाेलाएर सागकाे तयारीमा रहेकाे महिला टिमलाइ चरणबद्द रूपमा छनाेट गरिनेछ । बैदेशिक प्रशिक्षणका लागि परिषदपनि सकारात्मक रहेकाे र याे याेजना सफल हुनेमा अाशावादी रहेकाे पनि उनले बताए ।

नेपालमा हुन लागेकाे सागमा दाेस्राे पटक क्रिकेटलाइ समावेश गरिएकाे छ । जसमा नेपालले यसपटक कुनै न कुनै पदक जित्ने लक्ष्य राखेकाे छ । त्यसका लागि नै टिमले तीन महिना अगाडी देखि नै तयारी सुरू गरेकाे छ ।

Post Add 1025X115
Loading...