याेजना अनुसार तयारी गर्न नपाउँदा केहि चिन्तित छाै- विनाेद दास

0

श्रीलंकामा हुने एसीसी एसिया कपका लागि नेपाली युवा टिम यतिबेला तयारीमा ब्यस्त रहेको छ । छोटो समयको तयारी, त्यसमा पनि बर्षाले सोचेको जस्तो अभ्यास खेल खेल्न नपाएको युवा टिमका प्रशिक्षक विनोद दासले योजना अनुसार आफुहरुले तयारी गर्न नपाएको बताए ।

टिमले तीन वटा अभ्यास खेल खेल्ने योजना बनाएको भएपनि बर्षाका कारण संभव हुन सकेन । टेष्ट देश विरुद्ध खेल्न लागेको नेपाली युवा टिमका लागि चित्त बुझाउने बाटो पछिल्लो एक बर्षमा उसले धेरै क्रिकेट प्रतियोगिताहरु खेलिरहेको छ ।

तर यसपटकको टिमले म्याच एक्पोजर भने राम्रोसँग नपाउने भएको छ । नेपालले एसीसीलाई भारतमा प्रशिक्षणका लागि तयारी गर्न गरेको प्रस्ताव अस्विकृत गरेपछि श्रीलंकामा पनि पाकिस्तान र अफगानिस्तानसँग अभ्यास खेल खेल्ने योजना राखेको थियो । तर अहिलेसम्म सो योजनाको कुनै निस्कर्ष आइसकेको छैन ।

टिमले घरेलु मैदानमा पनि बर्षाका कारण राम्रोसँग नेटमा अभ्यासपनि गर्न पाएन । मैदान गिलो भएकाले केहि दिनमात्र पिचमा अभ्यासको मौका पायो ।

यस्तो अवस्थामा नेपालले श्रीलंकामा कस्तो प्रदर्शन गर्ला यस विषयमा के भन्छन, प्रशिक्षक विनोद दास हेरौ भिडियो

Post Add 1025X115
Loading...