पाकिस्तानी बलर हसन अली र भारतीय मुलकी सामिया वैवाहिक बन्धनमा

0

राजनितीक रुपमा पाकिस्तान र भारत विच ठुलो तनाव रहदै आएको छ । तर मनोरञ्जन र खेल बाहिरका हिसावले भने यी दुई देशमा राम्रो मित्रता देखिने गरेको छ । यसको पछिल्लो उदाहरणका रुपमा पाकिस्तानी खेलाडी हसन अली र भारतीय मुलकी सामिया आरजू विच विवाह हुन गइरहेको छ ।

पाकिस्तानी क्रिकेट टिमका तेज गतिका बलर हसन र भारतको हरियाणा मुल घर भएपछि दुबईमा बस्दै आएकी सामिया विच आज एक कार्यक्रमका विच विवाह हुदैछ । सामिया भारतीय भएपनि उनको जम्न भने दुबईमा नै भएको थियो । उनी एक इयरलाइन्सको इन्जिनियरका रुपमा काम गर्ने गर्छिन ।

सिमित परिवारका सदस्यविच हुन गइरहेको यो विवाहमा पाकिस्तान क्रिकेट टिमका सदस्यमा स्पिनर सादाब खान मात्र सहभागि हुनेछन । बाँकि पाकिस्तान टिम भने प्रशिक्षणमा ब्यस्त रहेको छ ।

यी दुईको विवाह हुँदै भनेर अघिल्लो महिना नै सार्वजनिक भएको थियो । सो बेला हसनले यो कुरालाई अफवाह रहेको बताएका थिए । तर अहिले विवाह अगाडीको फोटोहरु सार्वजनिक भएपछि सबै सत्य भएको हो ।

Post Add 1025X115
Loading...