दर्शक बनेर खेल हेरेका मानबहादुरले भने- ‘साेझाे सेटमा हार्छ भन्ने लागेकाे थिएन’

0

नेपाली राष्ट्रिय भलिबल टिमले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता अन्तर्गत कीर्गिस्तान विरुद्धको खेलमा नेपालले हार ब्यहोर्दा धेरै समर्थक र खेलाडी जति चुकचुकाए, त्यति नै निरास बने अर्का स्टार खेलाडी मानबहादुर ।

उनीसँगैका समकक्षी एसियाली स्तरीय प्रतियोगिता खेलिरहदा उनी भने दर्शकदिर्गामा बसेर, नेपालको झण्डा फहराउँदै नेपालको समर्थक गरिरहेका थिए । खेलाडी हुदा गनर स्टाइलमा सेलिब्रेसन गर्ने मानबहादुरको त्यो स्टाइल आज सबैले मिस गरे ।

नेपालको खेलपछि नेप्लेजसँग कुरा गर्दै उनले आफुले यो खेल निकै मिस गरेको , आफ्नो सानो गल्तिले आफु टिमबाट बाहिर भएको स्विकार्दै खेलाडीले राम्रो खेलेपनि विपक्षी बलियो भएको बताए ।

दर्शकदिर्गामा बसेर हेरेरै चित्त बुझाएका उनले कीर्गिस्तान विरुद्ध सोझो रुपमा हार्छ भन्ने आफुले नसोचेको बताए । उनले यसअघि आफु टिम हुँदा कीर्गिस्तान विरुद्ध खेल्दा एक सेट जितेको सम्झिदै यसपटक पनि टिमले राम्रो गर्ने आशा गरेको भएपनि अन्तिममा निराश हुनु परेको बताए ।

र्मीका मानबहादुरलाई नेपाल भलिबल संघले आठौं राष्ट्रिय प्रतियोगिता नखेलेको भन्दै यसपटकको टिम छनोटमा समेत राखेको थिएन । जसलाई उनले यतिबेला केहि हदसम्म मनन गरेका छन ।

हेरौ, दर्शक बनेर खेल हेरेको मानबहादुरले के भने खेलपछि

Post Add 1025X115
Loading...