एसिया कपका लागि नेपाली यू-१९ टिमको ब्याटिङ सल्लाहकारमा अपुर्भा देशाई आउने

0

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टिमको ब्याटिङ सल्लाहकारका रुपमा भारतका उपुर्भा देशाई आउने भएका छन । नेपाली यू–१९ टिमले एसीसीसँग ब्याटिङ सल्लाहकार प्रशिक्षकका लागि आग्रह गरेपछि अपुर्भालाई नेपाली टिमको सल्लाहकारका रुपमा पठाउन लागेको हो ।

यसअघि पनि नेपाली युवा टिम भारतको भिसाखापट्नममा प्रशिक्षणका लागि जाँदा उपुर्भा ब्याटिङ सल्लाहकार रुपमा रहेका थिए । फेरी एकपटक उनले नेपाली टिमको ब्याटिङको जिम्मा लिने भएका छन । तर उनी नेपाल भने आउने छैनन् । नेपाली युवा टिम एसिया कपको तयारीका लागि यहि २४ तारिखमा श्रीलंका जाँदैछ ।

प्रशिक्षक अपुर्भा नेपाली टिममा श्रीलंकामा नै समावेश हुनेछन । यसपटक नेपाली टिमले एसिया कपका लागि ५ जना अफिसियल मागेको थियो । जसमा फिल्डिङ सल्लाहकार र ब्याटिङ सल्लाहकार थप गरिएको छ । फिल्डिङ सल्लाहकारमा पात्रो अहिले टिमसँग रहेका छन ।

नेपालले एसिया कप अगाडी श्रीलंकामा तीन वटा अभ्यास खेल खेल्नेछ । जसमा करिव १० दिनको सुरुवाती बसाईमा दश दिन विशेष प्रशिक्षण गर्नेछ । त्यसपछि अगष्ट ५ तारिखबाट सुरु हुने प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको खेल तालिका अझै सार्वजनिक भएको छैन ।

सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई, नेपाल र कुवेतले प्रतिस्पर्धा गर्नेछन । सहभागि टिमलाई दुई समुहमा विभाजन गरिनेछ ।

Post Add 1025X115
Loading...