सुपर कपको उपाधिका लागि लिभरपुल र चेल्सी खेल्दै

0

सुपर कपको उपाधिका लागि आज राति लिभरपुल र चेल्सी आमनेसामने हुँदैछन । जसका लागि लिभरपुलका स्ट्राकइर साडियो माने पुर्ण रुपमा फिट भएको जनाएको छ ।

लिभरपुलका स्ट्राइकर मानेले आफु मानसिक रुपमा थकित भएपनि शारिरीक रुपमा पुर्ण फिट रहेको बताएका छन । पछिल्लो सात बर्षदेखि कुनै पनि विदा नमनाएकाले यसपटक त्यसको प्रयोग गरेको बताए ।

सेनेगलका स्टार खेलाडी माने दुई साताको विदामा रहेका थिए । यो समरमा भएको अफ्रिकन नेशन्स लिगको फाइनलमा पुगेपछि उनी छुट्टी मनाउन गएका थिए । जसका कारण उनले प्रिसिजन टुरका साथै कम्युनिटी सिल्डको फाइनल खेल पनि गुमाएका थिए ।

प्रिमियर लिग अन्तर्गत शुक्रबार नोर्विच सिटी विरुद्धको खेलमा माने सब्सिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका थिए । यता चेल्सीले प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइेटडसँग चार शुन्यको हार ब्यहोरेपछि पहिलो पटक मैदानमा उत्रदैछ ।

Post Add 1025X115
Loading...