भारत र वेस्टइण्डिजबीचको तेस्रो एकदिवसीय आज

0

भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल नेपाली समय अनुसार क्वीन्स पार्क ओवल मैदानमा राति सवा सात बजेपछि शुरुहुने छ ।

पहिलो एक दिवसीय क्रिकेट पानी परेपछि रद्द भएको थियो भने दोस्रो एक दिवसीय भारतले जितेको थियो । आजको खेलमा भारत विजयी भए सिरिज जित्ने छ भने वेस्टइण्डिज विजयी भए सिरिज ‘ड्र’ हुने छ । यसअघि भारतले टी २० सिरिज ३–० ले क्लीन स्वीप गरेको थियो । भारतीय टिमका कप्तान विराट कोहलीले दोस्रो खेलमा शतक बनाएका थिए ।

यसैगरी रोहित शर्मा र शिखर धवनको जोडी भने जम्न सकेको छैन । चौथो नम्बरको ब्याटिङ अर्डरमा भारतले संघर्ष गरिरहेकोमा पछिल्लो खेलमा श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गरेका थिए । बलिङ अट्याक भने भुवनेश्वर कुमारको हातमा हुने छ । उनले पछिल्लो खेलमा ४विकेट लिएका थिए ।

उता वेस्टइण्डिजको ध्यान भने सिरिज बराबरी गर्नेमा हुने छ । त्यसका लागि उसको मध्यक्रमको ब्याटिङ अर्डर चल्न जरुरी छ ।

भारतः विराट कोहली, रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, केदार जाधव, श्रेयस अय्यर, ऋषभ पन्त, खलील अहमद, मनिष पाण्डे, युजबेन्द्र चहल, रविन्द्र जडेजा, मोहम्मद शामी, भुवनेश्वर कुमार, कुलदीप यादव र नवदीप सैनी ।

वेस्टइण्डिजः क्रिस गेल, इविन लुइस, शेल्डन कटरेल, निकोलस पुरन, फेवियन एलेन, शिमरोन हटमायर, शाई हो, रोस्टन चेस, जान केम्पबेल, कीमो पल, कार्लोस ब्रेथवेट, जोसन होल्डर, केमार रोच, ओशाने थोमस ।

Post Add 1025X115
Loading...