पूर्व च्याम्पियन पोर्टो च्याम्पियन्स लिग फुटबलबाट बाहिर, आयाक्सपनि बालबाल बच्यो

0

पूर्व च्याम्पियन पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको आश्चार्यजनक रुपमा बाहिरीएको छ । यता गतसिजनको सेमिफाइनलिष्ट आयाक्स अन्तिम समयमा जित निकाल्दै प्लेअफको फाइनल राउण्डमा पुगेको छ ।

२००४ को च्याम्पियन पोर्टो रसियन क्लव एफसी क्रास्नोदारसँग दोस्रो लेगमा तीन दुईले पराजित भएपछि समग्रमा तीन तीन गोलको बराबरी भएपनि अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरीयो ।

२०१० पछि च्याम्पियन्स लिगको समुह चरणमा पुग्न नसकेको पोर्टो रसियन क्लव विरुद्ध पहिलो लेगमा एक शुन्यले विजयी भएको थियो । तर घरेलु मैदानमा पोर्टो ३४ मिनेटमा तीन शुन्यले पछि परेको थियो । पाहुना टिम क्रास्नोदारका लािग तेस्रो मिनेटमा मिलिनाले गोल गरे भने १२ औं र ३४ औं मिनेटमा सुलेमानोभले गोल गर्न सफल भए ।

पहिलो हाफमा तीन गोलले पछि परेको पोर्टोले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । ५७ औं मिनेटमा मेन्डेस आन्द्रेद र ७७ औं मिनेटमा डियाजले गोल गरेका थिए । त्यसपछि पोर्टो खेलमा फर्कन सकेन र रसियन क्लव अवे गोलका कारण अर्को चरणमा स्थान बनाउन सफल भयो ।

अर्को खेलमा आयाक्सपनि ग्रिक च्याम्पियन पाओकसँग पाँच चारले विजयी हुँदै प्लेअफमा पुग्न सफल भयो । घरेलु मैदानमा भएको दोस्रो लेग तीन दुईले जितेपछि उसले समग्रमा पाँच चारको जित निकाल्न सफल भयो ।

Post Add 1025X115
Loading...