खेलाडी अनुबन्धमा नियम उलंघन गरेको भन्दै सिटीलाई जरिवाना

0

इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले खेलाडी अनुबन्धमा विश्व फुटबल महासंघ फिफाको नियम उलंघन गरेको भन्दै जरीवाना लगाइएको छ । तर उसलाई खेलाडी अनुबन्धमा भने रोक लगाइएको छैन ।

सिटीले फिफाको नियम विपरीत युवा खेलाडीलाई अनुबन्ध गरेको भन्दै फिफाले जरिवाना लगाएको हो । तर यो सिजनमा नयाँ खेलाडी ल्याउन हुनसक्ने प्रतिबन्धबाट भने बचेको छ ।

प्रिमियर लिग च्याम्पियन सिटीलाई फिफाले तीन लाख ३० हजार स्विस फ्रांक जरिवाना लगाएको छ । फिफाका अनुसार सिटीले आर्टिकल १९ अन्तर्गत अन्तराष्ट्रिय खेलाडी अनुबन्ध गर्दा १८ बर्ष नपुगेकोलाई भित्र्याएको, जुन फिफाको नियम अनुसार उचित नभएको जनाएको छ ।

यहि केसका कारण चेल्सीलाई दुई सिजन खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाइएको छ । त्यसपछि चेल्सीले त्यो विपरित मुद्धा लडेपनि असफल भएको थियो । सिटीले भने आफुले अनुबन्ध गरेका युवा खेलाडी, ब्यवसायीक नभएर खेलाडीसँगको सम्बन्धका कारण र उनीहरुलाई मैत्रीपुर्ण खेलमा मात्र खेलाएको जनाएको छ ।

साथै सिटीले फिफाको अनुसन्धामा पुर्ण रुपमा साथ दिने बताएको छ ।
गत सिजन घानाको ड्रिम फुटबल एकेडेमीबाट सिरा लियानी र डोमिनीक ओडुरोलाई सिटीले अनुबन्ध गरेको थियो । फिफाको जरिवाना विरुद्ध सिटीले कोर्ट अफ आर्बिटेसनमा अपिल गर्ने भएको छ ।

Post Add 1025X115
Loading...