२०२२ को कमनवेल्थमा महिला टी–२० क्रिकेट

0

काठमाडौं, २८ साउन । चौबीस वर्ष पछि कमनवेल्थ गेम्समा महिला क्रिकेट समावेश गरिएको छ ।

२०२२ मा इंग्ल्याण्डको बर्मिङघममा आयोजना हुने कमनवेल्थ गेम्समा महिला टी २० क्रिकेट समावेश गर्ने घोषणा गरिएको हो । उक्त प्रतियोगिता २७ जुलाई देखि ७ अगस्टसम्म आयोजना हुँदै छ ।

जसमा १८ खेलका करिब ४५ हजार खेलाडीले भाग लिने छन् । सन् १९९८ पछि पहिलो पटक क्रिकेटलाई कमनवेल्थमा समावेश गरिएको हो । १९९८ मा मलेसियाका क्वालालम्पुरमा भएको कमनवेल्थ गेम्समा ५० ओभरको पुरुष क्रिकेट समावेश गरिएको थियो । जसमा दक्षिण अफ्रिकाले स्वर्ण पदक जितेको थियो ।

२०२२ को कमनवेल्थमा ८ टिमको सहभागिता हुने छ । जसमा दक्षिण अफ्रिका, भारत, पाकिस्तान, इंग्ल्याण्ड, अस्ट्रेलिया, न्यूजिल्याण्ड, वेस्टइण्डिज र श्रीलंकाको महिला टिमले प्रतिस्पर्धा गर्ने छन् ।

Post Add 1025X115
Loading...