महेन्द्रसिंह धोनी विजनेश म्यान!

0

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी अब विजनेस म्यान बनेका छन् ।

उनले पुराना कार खरिद विक्रि गर्ने कम्पनी कार्स २४ मा लगानी गरेका हुन् । यस विषयमा मंगलबार मात्रै कम्पनीले जानकारी गराएकाे छ ।

धोनीले कम्पनीको सेयर लिएर लगानी गरेको बताइए पनि उनको लगानी रकम भने खुलाइएको छैन । लगानी गरेवापत धोनी उक्त कम्पनीको ब्राण्ड एम्बेस्डर बन्ने छन् ।

कार्स २४ को स्थापना २०१५ मा भएको थियो । यसले भारतमा पुराना कार खरिद विक्रीको काम गर्छ । उक्त कम्पनीले २०२१ सम्म भारतका ३ सय मझौला शहरहरुमा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।

Post Add 1025X115
Loading...