क्यानको ३९ जिल्लाको निर्वाचन सम्पन्न, काठमाडौंको अध्यक्षमा पाण्डे

0

काठमाडौं जिल्ला क्रिकेट संघको निर्वाचन सकिएसँगै नेपाल क्रिकेट संघ अन्तर्गत रहेका सबै जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न भएको छ ।

यो सँगै अब प्रदेशका निर्वाचन बाँकि रहेको छ । जसमा तीन वटा प्रदेशको निर्वाचन हुन बाँकि छ ।
क्यानमा आबद्ध भएका ३९ जिल्लामा अन्तिममा निर्वाचन भएको काठमाडौं जिल्लाले अमितवीर पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

सो साधारण सभाले पाण्डेलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । यसका साथै उनको अध्यक्षतामा १४ सदस्यिय कार्यसमित पनि चयन गरेको छ । जसमा उपाध्यक्षमा विजयकुमार शर्मा सचिवमा बसन्तराज सत्याल, कोषध्यक्षमा युग बस्नेत, सदस्यमा हिमाल राज गिरी, मनिष ढुंगेल, अजय वीर पाण्डे,रमन श्रेष्ठ, सामसङ जंग थापा, प्रफुल्ल बैद्य, रितेभ डंगोल, महेश्वरी डंगोल, धिरेन्द्र श्रेष्ठ र विनित धन चन्द चयन भए ।

अब बाँकि तीन प्रदेशको निर्वाचन सम्पन्न भएपछि असोजको पहिलो साता भित्र केन्द्रिय निर्वाचन हुनेछ । जसले क्यानको नयाँ नेतृत्वलाई चयन गर्नेछ ।

Post Add 1025X115
Loading...