पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप असाेज ११ गतेदेखि

0

झपाकाे डोमालाल राजवंशी रंगशालामा हुने पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता असोज ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ ।

दुई विदेशी सहित ८ टिमको सहभागिता रहने प्रतियोगिको विजेताले १२ लाख ५० हजार रुपैयाँ पाउनेछन । जायोन स्पाेर्टस क्लबले सञ्चालन गर्ने गोल्डकप प्रतियोगिताको विजेताले नगद १२ लाख ५० रुपैया र ट्रफि उपविजेताले नगद ६ लाख २५ हजार रुपैया प्राप्त गर्ने घोषणा आयोजकले जनाएको छ ।

प्रतियोगिताको सञ्चालन खर्च ८० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । ए डिभिजन क्लब ५ वटा, विदेशी २ टिम र आयोजक गरी ८ टिम प्रतियोगितामा सहभागी हुने छ । प्रतियोगिता सफल बनाउन राष्ट्र्यि टिमका पूर्व कप्तान हरि खड्कालाई ब्राण्ड एम्बेस्डर नियुक्ति गरिएको छ ।

Post Add 1025X115
Loading...