२०२८ को ओलम्पिकमा क्रिकेट पनि समावेश!

0

काठमाडौं, २८ साउन । सन् २०२८ मा लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलमा क्रिकेटलाई पनि समावेश गर्ने चर्चा शुरु भएको छ ।

आईसीसीले ओलम्पिकमा पनि क्रिकेट समावेश गर्नका लागि पहल गरेको जनाइएको छ । मेरिलेवोन क्रिकेट क्लब एमसीसीका अध्यक्ष माइक गेटिङले यसबारेमा जानकारी दिएका हुन् । उनले भने ‘चार चार वर्षमा आयोजना हुने ओलम्पिक खेलमा क्रिकेटलाई समावेश गर्नका लागि कुनै अप्ठेरो छैन ।’

उनले यदि लस एन्जलसमा आयोजना हुने ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गर्न सकिएमा ठूलो उपलब्धि हुने दावी गरे । ईसपीएन क्रिक इन्फोसँग कुरा गर्दै उनले लगातार छलफल भइरहेकाले २०२८ को ओलम्पिकमा क्रिकेट समावेश हुनेमा आफू आशावादी रहेको बताए ।

Post Add 1025X115
Loading...