नेपाली महिला फुटबल टिमले कीर्गिस्तानमा प्रतियोगिता खेल्ने (तालिकासहित)

0

तेह्रौं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली महिला फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । नेपाली महिला टिमले नादेज्दा कपमा सहभागिता जनाउने भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

प्रतियोगिता सेप्टेम्बर ८देखि १२ तारिखसम्म कीर्गिस्तानमा आयोजना हुने छ । जसमा नेपालसहित घरेलु टोली कीर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले पहिलो खेलमा सेप्टेम्बर ८ तारिखमा कीर्गिस्तानसँग् खेल्ने छ । भने ९ तारिखमा उज्वेकिस्तान र १० तारिखमा ताजकिस्तानसँग खेल्ने छ । समूह चरणको अंकका आधारमा शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दा पुछारका दुई टिमले तेस्रो र चौथो स्थानका लागि भिड्ने छन् ।

Post Add 1025X115
Loading...