राष्ट्रिय भारत्ताेलनकाे पहिलाे दिन ६ वटा राष्ट्रिय कीर्तिमान

0

शुनिललाल स्मृती राष्ट्रिय भारतत्तोलन प्रतियोगितामा पहिलो दिन ६ वटा राष्ट्रिय कीर्तिमान भएका छन ।

काठमाडौंमा जारी प्रतियोगिताको पहिलो दिन राजलक्ष्मी थापा, सञ्जु चौधरी, श्रद्धा चाैधरीसँगै करीना चौधरी, संगिता राई र रीता गुरुङले राष्ट्रिय कीर्तिमान बनाए । जसमा नेपाल पुलिस क्लवकी सञ्जुले ५९ केजी तौल समुहमा एक सय ६१ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाइन । उनले स्न्याचमा ७१ तथा क्लिव एण्ड जर्कमा ९० केजी उठाउँदै नयाँ कीर्तिमान बनाइन । उनले क्लिन एण्ड जर्कमा पहिलो चरणमा ९० केजी उठाएकी थिइन । तर त्यसपछि दुई पटक एक सय केजी उठाउन खोज्दा असफल भइन ।

यस्तै पुलिसकै श्रद्धा चौधरीले महिला ६४ केजी तौल समुहमा स्न्याचमा ६१ र क्लिन एण्ड जर्कमा ८३ गरि एक सय ४३ केजी तौल उठाउँदै नयाँ रेकर्ड बनाइन । यस्तै राजलक्ष्मीले ७१ केजी तौल समुहमा कुल एक सय ५३ केजी तौल भारबाहन गर्दै रेकर्ड बनाइन । उनले स्न्याचमा ६६ र क्लिन एण्ड जर्कमा ८७ केजी उठाएकी थिइन । जसका ओभरअलमा राष्ट्रिय कीर्तिमान बनाइन ।

यस्तै महिलाको ४९ केजी तौल समुहमा संगिताले कुल ५९ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाइन । उनले पहिलो चरणमा ५६ केजी तौल उठाउने प्रयास गर्दा असफल भएकी थिइन । दोस्रो चरणमा ५९ केजी तौल उठाउन सफल भइन जसका कारण उनले राष्ट्रिय कीर्तिमान बनाइन । यस्तै करीना चौधरीले ४५ केजी तौल समुहमा ४७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाइन । झापाकी उनले पहिलो चरणमा ४० केजी उठाउँदा दोस्रो चरणमा ४६ केजी उठाउने प्रयास गर्दा असफल भइन । तेस्रो चरणमा ४७ केजी उठाउँदै राष्ट्रिय कीर्तिमान बनाइन ।

Post Add 1025X115
Loading...