अफगानिस्तान टिम नेपाल आउँदा भलिबल संघले भोगेको तनाव

0

काठमाडौंमा पहिलो पटक हुन लागेको एभीसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको नेपाल आइपुगेको छ । तर अफगानिस्तान टिम नेपाल आउँदा नेपाल भलिबल संघलाई भने ठुलो कसरत गर्नुपरेको थियो ।

नेपाल विरुद्धको खेलका लागि अफगानिस्तान टिम ५ दिन अगाडी नेपाल आएको हो । तर सो टिम नेपाल आउनु अगाडी भिषाका कारण नेपाल भलिबल संघले ठुलो कसरत गर्नुपर्यो । टिम नेपाल आउने भनेर अफगानिस्तानबाट नयाँ दिल्ली पुगेको थियो । हातमा पासपोर्ट र टिकट भएपनि टिम विना भिषा नै भारत पुगेको थियो ।

तर त्यहाँको अध्यागमनले टिमलाई नेपालको भिषा नभएको भन्दै रोकेको थियो, त्यो जनाकारी नेपाल भलिबल संघका महासचिवले थाहा पाएपछि हतार हतार परराष्ट्र मन्त्रालयमा पुगेर प्रक्रियाका लागि सहयोग गर्न आग्रह गरे । तर सोहि दिन इद परेकाले नेपालमा रहेको अफगानिस्तान दुतावास बन्द रहेको थियो । तर परराष्ट्र मन्त्रालयबाट पत्र र फोन गर्न लगाएर बन्द भएको कार्यालय खोलेर खेलाडीलाई अर्जेन्ट भिषा दिइएको थियो ।

खेलाडी नेपाल आउने भनेर हिडिसकेको अवस्थामा दुतावास बन्द हुनु त्यसमा पनि कार्यालय खोल्न आनकानी गर्दा संघलाई केहि बेर भने ठुलो तनाव भएको थियो । तर परराष्ट्र मन्त्रालयको सहयोगले टिमले समयमै भिषा पाएर आज विहान काठमाडौं झरेको थियो ।

संघको सो काम देखेपछि अफगानिस्तान टिमका सदस्यहरु नै चकित खाएका थिए । अफगानिस्तान टिमले नेपालसँग बुधबार र विहिबार दुई वटा मैत्रीपुर्ण खेल खेल्दैछ । अरु टिमभन्दा अगाडी आएको अफगानिस्तान नेपालको बाताबरणसँग घुलमिल हुन नेपाल पुगेको हो ।

Post Add 1025X115
Loading...