एन्फाको नेतृत्व पारदर्शी तरिकाले अघि बढेको छ : प्रवक्ता राई (भिडियाे)

0

नेप्लेज, २७ साउन । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले केही फुटबलको विकास नचाहने तत्वहरु लागि परेको आरोप लगाएका छन् । कर्माछिरिङ शेर्पाले एन्फाको नेतृत्व लिएपछि गतिलिएकोमा यसलाई रोकेर केही तत्वहरुले फाइदा लिन खोजेको दावी गरे । तर त्यो तत्वको बारेमा भने उनले खुलाउन चाहेनन् ।

आफ्नै कार्यकक्षमा नेप्लेज डटकमको युट्युव च्यानल नेप्लेज टिभीसँग कुरा गर्दै प्रवक्ता राईले हालै बसेको एन्फाको विशेष वैठकबारे पनि खुलेर कुरा राखे ।

पूर्ण वैठक बस्नका लागि आर्थिक भार धेरै पर्ने भएकाले तत्काल आकस्मिक वैठक बस्ने गरेको उल्लेख गरे । विगतमा पनि यस्ता आकस्मिक बैठकहरु बस्ने गरेको भए पनि यस पटक दूरगामी निर्णयहरु भएकाले त्यसको चर्चा भएको उल्लेख गरे । आकस्मिक वैठकबाट पारित भएका निर्णयहरु अब बस्ने पूर्ण समितिको बैठकबाट अनुमोदन भने गर्नु पर्ने प्रावधान रहेको पनि जानकारी दिए ।

यसैगरी नेपाली टिमले फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटका लागि नेपालमा मैदान तयार नहुँदा तनावमा रहेको एन्फाले अहिले विकल्प पाएको छ । त्यो भनेको होममा खेल्नु पर्ने मितिमा कुवेतमा अवे खेल्ने र बाँकी चार वटा म्याच दशरथ रंगशालामै गर्ने गरि तयारी भएको पनि प्रवक्ता राईको भनाई थियो ।

कार्तिकको २९ गते रंगशालामा म्याच हुनेमा आशावादी देखिएका प्रवक्ता राईले त्यतिबेला सम्म रंगशाला पनि तयार हुने बताए । हुन त मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि पनि रंगशाला तयार हुने अपेक्षा गरिएको छ ।

यस्तै असारमा प्रदेश १ मा आयोजना भएको मुख्यमन्त्री कप प्रतियोगिताको विषयमा अहिले टिका टिप्पणीहरु पनि भएका छन् । त्यस विषयमा पनि हामीले प्रवक्ता राईसँग कुरा गर्दा पूर्वमा यो प्रतियोगिताले फुटबलको माहोल निकै राम्रो तरिकाले अघि बढेको जिकिर गरे ।

एन्फा प्रवक्ता राईसँग यी र यस्तै विषयमा केन्द्रीत रहेर हामीले कुराकानी गरेका छौं ।

 

Post Add 1025X115
Loading...