एभीसी सेन्ट्रल जोनमा नेपालकाे एउटै लक्ष्य, फाइनल पुग्ने : कप्तान राना

0

काठमाडौं, २६ साउन भदौ २ गतेदेखि आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबलका लागि नेपाली टिमका कप्तान इम रानामगर उत्साहित देखिएका छन् । विदेशी प्रशिक्षक ल्याएर नियमित अभ्यास गरिरहेको नेपाली टिमले यस पटक उपाधि जित्ने लक्ष्य लिएको छ ।

घरेलु मैदान र दर्शकको साथ पाउने भएकाले नेपाली टिमबाट आशा गर्ने ठाउँ रहेको बताइएको छ । कप्तान रानामगरले तयारीका लागि २ महिनाको समय पर्याप्त नभए पनि नेपालमै प्रतियोगिता हुँदा घरेलु कोर्ट अलि सहज हुने सुनाए । एभीसी सेन्ट्रल जोनका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेलका लागि पनि तयारी गरेको थियो ।

तर अन्तिम समयमा भारतीय टिम नेपाल आउन पाएन र प्रतियोगिता भएन् । त्यसपछि एकै पटक प्रतियोगिता खेल्नु पर्ने बाध्यता आइपरेको थियो । नेपाल भलिबल संघको पहलमा एभीसी सेन्ट्रल जोनमै रहेको अफगानिस्तानलाई प्रतियोगिता शुरुहुन पूर्वनै काठमाडौं बोलाएर २ वटा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ । त्यसका लागि अफगान टिम मंगलबार काठमाडौं आइपुग्ने छ ।

तयारीका हिसाबले नेपाली टिमले राम्रो गरेको बताउँने कप्तान रानामगरले विगतमा पनि यस्तै १–२ महिना मात्रै अभ्यास गरेर खेल्नु जानु पर्ने गरेको स्मरण गरे । उनले भने ‘हामीले मैत्रीपूर्ण खेल खेल्न पाएनौं त्यसले गर्दा पनि एकैचोटि खेल खेल्न जादाँ गाह्रो अवश्य होला । तयारी पहिले पनि यस्तै नै हो । तर अहिले चै हाम्रो घरेलू मैदानमै प्रतियोगिता भएकाले अझ मेहिनत गर्नुपर्नेछ ।’ बंग्लादेश, किर्गिस्तान, उज्वेकिस्तान अलि राम्रो टोली हो र यो प्रतियोगिताको लागि तयारी पनि गरिरहेका छन् । धेरै भन्दा धेरै खेल पनि खेलेकाले आसन्न प्रतियोगिता धेरै नै ‘टफ’ हुने उल्लेख गरे ।

हेराै के भने कप्तान इम रानामगरले (भिडियाे)

 

 

नेपाली टिममा नयाँ खेलाडी पनि रहेकाले उनीहरुको खेलले पनि प्रतियोगितामा प्रभाव पार्ने छ । उनीहरु उत्कृष्ट भएर नै टिममा छानिए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभब नभएकाले नेपाली टिमलाई केही अप्ठेरो हुने तर्फ आफूहरु सजक रहेको पनि बताए । उनले भने ‘ हाम्रो नयाँ भाइहरु छन र हेरौं नयाँ भाइहरुले कस्तो खेल्छन् । प्रतिस्पर्धी टिमहरु पहिले खेलिसकेका टिमहरु हुन् ।

२०७२ सालमा खेल्दा हामी कमजोर थियौं, उनीहरुको खेल्ने तरिका थाहा थिएन तर अहिले उनीहरुसंग खेलिरहेको हुनाले कस्तो खेल्छ भन्ने हमीलाई थाहा छ । अहिले हाम्रो घरेलु मैदान हो र हामिलाई सबैको साथ छ । साथै हामीले प्रशिक्षण गरिरहेकै मैदान पनि हो । अहिले बिदेशी प्रशिक्षकले नयाँ खेलाडीहरुलाई पनि अवसर दिएका छन् । नेपाली र विदेशी प्रशिक्षकमा फरक केही पाएको छैन । पहिलेको चिनेकै प्रशिक्षक भएकोले पनि हामीलाई सजिलो भएको छ ।’

Post Add 1025X115
Loading...