नेपाल क्रिकेट संघले दशै अगाडी नै नयाँ नेतृत्व पाउने, स्वतन्त्र समिती केन्द्रिय निर्वाचनको तयारीमा

0

नेपालमा क्रिकेटको आधिकारीक निकाय फेरी स्थापना गर्नका लागि आइसीसीले दिएको रोडम्याप अनुसार एकपछि अर्को रुपमा नेपाल क्रिकेट संघको मातहतमा रहेका जिल्ला संघहरुको निर्वाचन भइरहेको छ ।

यस्तैमा ३९ मध्ये ३८ जिल्लाको निर्वाचन सम्पन्न भएको छ । आइसीसीले गठन गरेको स्वतन्त्र समितीको निर्देशन अनुसार नै यतिबेला विवादित बनेका केहि जिल्ला संघहरुको निर्वाचन पुरा भएको छ । जसमा कति जिल्लामा पुरानै अनुहार देखिएका छन भने केहि जिल्लामा नयाँ अनुहार आएका छन । अब जिल्ला स्तरमा निर्वाचन हुन बाँकि काठमाडौं मात्र रहेको छ ।

यसका साथै प्रदेश स्तरीय निर्वाचनको कामपनि अगाडी बढिसकेको छ । जसमा प्रदेश एक, चार, र सातको निर्वाचन सम्पन्न भइसकेको छ । सात प्रदेशको अध्यक्षमा हरी रेग्मी र चार अर्थात गण्डकी प्रदेशको अध्यक्षतामा देवेन्द्र प्रजु निर्वाचित भइसकेका छन । यस्तैमा शनिबार भएको प्रदेश १ को निर्वाचनले मिङ्मा डुन्डु शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

अब एक जिल्ला र तीन प्रदेशको निर्वाचन बाँकि रहेका बेला केन्द्रिय निर्वाचन दशै अगाडी हुने देखिएको छ । स्वतन्त्र समितीका सदस्य एलबी क्षेत्रीका अनुसार केन्द्रिय निर्वाचनका लागि भदौको अन्तिम वा असोजको पहिलो साताको मितीको तयारी भइरहेको बताएका छन । उनले भदौमा भएमा २८ र २९ वा असोजमा भए ३ र ४ गते क्यानको केन्द्रिय निर्वाचन गर्ने तयारी भएका बताए ।

पछिल्लो तीन बर्षदेनि निलम्बनमा रहेको क्रिकेट संघलाई फुकुवा गर्न यो केन्द्रिय निर्वाचनले ठुलो भूमीका खेल्नेछ । जिल्ला प्रदेश र केन्द्र निर्वाचनपनि नेपाली क्रिकेटले नयाँ नेतृत्व पाउनेछ । यता यो प्रक्रिया पुरा भएपछि आइसीसीले पनि नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्ने ठुलो संभावना रहेको छ । सो निर्वाचित नेतृत्वको पहिलो काम क्यानको निलम्बर फुकुवा गर्नु नै हुनेछ ।
भटाभट एकपछि अर्को रुपमा जिल्ला र प्रदेश स्तरको निर्वाचन भइरहदा स्वतन्त्र समितीले भदौ १५ गतेसम्म प्रदेश र जिल्लाको निर्वाचन सक्न मिती तोकेको थियो । त्यहि अनुसार काम पनि भइरहेको छ ।

स्वतन्त्र समितीले क्यानसँग रहेका २० जिल्लाको निर्वाचलाई मान्यता दिएको थियो । सात जिल्लामा पुनः निर्वाचन गर्नुपर्ने आदेश दिएको थियो । तर उनीहरुले नयाँ सदस्यता भने बाँढ्न नपाउने बताइएको थियो । यस्तै ६ जिल्लालाई नयाँ सदस्यता दिएर निर्वाचन गर्न भनिएको थियो भने ६ जिल्लाहरुलाई फेरी एक मौका दिने भनिएको थियो ।

स्वतन्त्र समितीले बर्गीकरण गरेको जिल्लाहरुः

निर्वाचन सदर मानिएकाः बझाङ, बैतडी, अछाम, डडेल्धुरा, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, कपिलबस्तु, परासी, पाल्पा, कास्की, नवलपुर, रुपन्देही

सदस्यता नयाँ बाढ्न नपाउने गरी निर्वाचन गर्नुपर्ने जिल्ला ः कैलाली, दाङ, चितवन, काठमाडौ, सप्तरी, चितवन, महोत्तरी र मोरङ
नयाँ सदस्यता सहित निर्वाचन गुर्नुपर्ने जिल्लाः ललितपुर, भक्तपुर, तनहुँ, उदयपुर, मकवानपुर, पर्सा

सदस्यता खारेज भएपनि मौका दिने भनिएका जिल्लाः भक्तपुर, ललितपुर, तनहुँ, उदयपुर, मकवानपुर र पर्सा

आइसीसीको निलम्बनमा परेपछि अभिभावक विहिन बनेको नेपाली क्रिकेट फेरी नयाँ मोडमा पुग्नेमा अब ठुलो आशा गरिएको छ । यसपटकको क्यानको नयाँ कार्यसमिती मात्र १७ जनाको हुनेछ । यसअघि सबैलाई समेट्नुपर्छ भनेर जम्बो कार्यसमिती राखिने र गुट उपगुट भएको हामीले देखेका थियौ । नयाँ नेतृत्व चयनका लागि जुन किसिमले प्रक्रिया अगाडी बढिरहेको छ, त्यो हेर्दा फेरी एक पटक नेपाली क्रिकेटमा सुखद दिन आउलान भन्ने अपेक्षा गरिएको छ ।

Post Add 1025X115
Loading...